संक्रमितको आक्रोश : रिपोर्ट आउन किन ढिलो ? « Khabarhub

संक्रमितको आक्रोश : रिपोर्ट आउन किन ढिलो ?



नवलपुर- डा. विनोद पौडेल मंगलबार कोरोना भाइरस संक्रमितहरूसँग सवाल जवाफ गरिरहेका थिए । बिरामीहरू कोही चिकित्सालयको दक्षिणतर्फको भवनको भुइँतलामा, कोही बार्दलीमा र कोही छतमा लहरै उभिएका देखिन्थे ।

कोरोना संक्रमितहरूको पछिल्लो रिपोर्टको पर्खाइमा रहेका संक्रमितहरू रिपोर्ट आउन ढिलाइ भएको गुनासो गरिरहेका थिए । तर बिरामीलाई आश्वस्त पार्दै डा. पौडेल भने ५० मिटर टाढाबाट माइकमा भन्दै थिए, ‘हामीले पहल गरिरहेका छौं, आजैभोलिमा रिपोर्ट आउँछ, धैर्य गर्नुस् ।’

सवालजवाफकै क्रममा एक युवा बार्दलीबाट चिच्च्याए, ‘रिपोर्ट पोजेटिभ आए पनि हामी घर फर्किन्छौं ।’ जवाफमा डा. पौडेलले भने, ‘पोजेटिभ आयो भने तपाईँहरू यहीँ बस्नुस्, घर जाने कुरा नगर्नुस् ।’

पौडेलको जवाफमा अरु सबै संक्रमितले सहमत जनाएर होमा हो गरेर चिच्चाए ।

यो दृष्य हो, पूर्वी नवलपरासीको रजहरस्थित कोभिड १९ अस्थायी अस्पताल, सामुदायिक प्राकृतिक चिकित्सालयको ।

‘बिरामी र चिकित्सकबीच अस्पतालमा हरेक दिन बेलुका ५ बजेपछि यसरी नै घण्टौं छलफल हुने गर्दछ,’ मध्यविन्दु जिल्ला अस्पतालबाट आएर केही दिनदेखि सोही अस्पतालमा सेवा गर्दै आएकी डा. विनिता तिमिल्सिनाले भनिन् ।

७८ संक्रमित
पूर्वी नवलपरासी जिल्लामै एक मात्र कोरोना भाइरस संक्रमितहरूका लागि तयार गरिएको सामुदायिक प्राकृतिक चिकित्सालय रजहरको कोभिड १९ अस्थायी अस्पतालमा अहिले ७८ जना संक्रमित रहेको अस्पतालका व्यवस्थापक हरि सापकोटाले बताए ।

अस्पतालमा ६५ पुरुष र ११ महिला संक्रमित छन् । कोरोना संक्रमण पुष्टि भएर अस्पतालको कोभिड १९ अस्थायी अस्पतालको निगरानीमा रहेका उनीहरू छिट्टै घर फर्किने पर्खाइमा छन् ।

कोही देखिँदैनन् बिरामीजस्ता

अस्पतालमा रहेका संक्रमितहरू कोही पनि बिरामी जस्ता देखिँदैनन् । सबै हृष्टपुष्ट । बिहान उठेर उनीहरू नाँचगान गरेर रमाइलो गर्छन् भने बेलुका पनि उस्तै रमाइलो । ‘हामी कोही बिरामी भएका छौं जस्तो लाग्दैन’, एक संक्रमितले भने । तिनै बिरामीमध्येका केही भलिबल खेलिरहेका थिए ।

बल खेल्दै गरेका युवाहरू सबैको मुखमा भने मास्क लगाएका देखिन्थे । मास्क लगाउनु आफ्नै सुरक्षाका लागि हो र अस्पतालको नियम पनि ।

बिरामीका लागि खानपानको तालिका

बिरामी भएर राखिएका उनीहरू हरेक दिन अस्पतालको तालिकामा छलफल गर्ने, रमाइलो गर्नेदेखि खानपिन गर्ने गर्दछन् । अस्पतालले खाजा नास्ता खाने, खाना खानेदेखि रमाइलो गर्ने तालिका बनाइदिएको छ ।

हरेक दिनको खाना, नास्ता फरक फरक छन् । कुनै दिन मिठा दलिया, सुख्खा रोटी त कुनै दिन तरकारी, टोष्ट, भेजिटेबल, नुडल, अंकुरित फलफूल अनि भेजिटेबल पुलाउ नास्ता बन्ने गर्दछ ।

बिरामीलाई भात र रोटी इच्छा अनुसार दिने गरेको छ । तरकार पनि हरेक दिन फरक फरक दिने गरिएको छ भने अडहर, मुगी, मास तथा मसुरोको दाल खाने सेड्यूल फरक फरक छ । बिहानको नास्ताका लागि एक घण्टाको समय छुट्याएको छ भने खानाका लागि एक घण्टा । बेलुकाको खानापछि पनि बिरामीहरू उस्तै रमाइलो गर्छन् ।

२११ जना निको भएर घर फर्किए

देशभरका विभिन्न प्रयोगशालाहरूमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि सम्बन्धित जिल्लामा नै पठाउने गरिएको छ ।

कोरोना संक्रमित भइ ल्याइएका मध्ये अहिलेसम्म २११ जना निको भएर घर फकिएको सो अस्पतालले जनाएको छ । कोरोना जितेर घर फर्किएका २११ जना मध्ये १९० पुरुष र २० महिला थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  १२ : ०७ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी