राखेप सदस्य सचिवका लागि तीन जना सिफारिस « Khabarhub

राखेप सदस्य सचिवका लागि तीन जना सिफारिस


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवका लागि सिफारिस समितिले रमेश कुमार सिलवाल, लिल बहादुर थापा मगर र अन्जु श्रेष्ठको नाम सिफारिस गरेको छ।

बुधबार सदस्य सचिव सिफारिस समितिले युवा तथा खेलकुद मन्त्री समक्ष तीन जनाको नाम सिफारिस गरेको हो।

सिफारिस भएका सिलवाल निवर्तमान सदस्य सचिव हुन् भने थापा मगर नेकपाका केन्द्रीय सदस्य हुन्। यता महिला सदस्यबाट सिफारिस भएका अन्जु राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान हुन्।

सिफारिस समितिले बुधबारमात्रै तीन जनाको नाम सिफारिस गरेको स्रोतले जनाएको छ । समितिले वणानुक्रम अनुसार अन्जु श्रेष्ठ, रमेश कुमार सिलवाल र लिल बहादुर थापा मगरलाई सिफारिस गरेको हो ।

६ पटकसम्म बैठक बसेर तीन जनाको नाम सिफारिस गरेको स्रोतले जनाएको छ । तीनै जनाको नाम आज मात्रै मन्त्री समक्ष पुगेको छ ।

अब बस्ने मन्त्रिपरिषद्ले तीन जनामध्ये एक जनालाई राखेप सदस्य सचिवमा नियुक्ति गर्नेछ। सदस्य सचिवका लागि २७ जनाले मन्त्रालयमा आवेदन बुझाएका थिए।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ६ : ५७ बजे

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर