पार्टीको वाद-विवादबाट आत्तिहाल्नु पर्ने अवस्था छैन : वरिष्ठ नेता नेपाल « Khabarhub

पार्टीको वाद-विवादबाट आत्तिहाल्नु पर्ने अवस्था छैन : वरिष्ठ नेता नेपाल


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी भित्रको वाद–विवादबाट आत्तिहाल्नु पर्ने कुनै कारण नभएको बताएका छन् ।

आज काठमाठौं महानगरपालिका वडा–१८ मा निर्माण भएको पुष्पलाल स्मृति पार्कको उद्घाटन गर्दै नेपालले यस्तो बताएका हुन् ।

‘बाहिर फैलिएको हल्लाको आधारमा होइन हामी मिहिन ढंगले वाद–विवाद, सम्वाद गरिरहेका र्छौँ,’ नेपालले भने, ‘वादेवादे जायते तत्ववोध’ भने जस्तै वाद, विवाद, सम्वाद हुने वित्तिकै आत्तिहाल्नु पर्ने केही छैन । विधिबाट सबै टुंगो लगाउनुपर्छ । हामी त्यही प्रयासमा छौँ ।’

उनले को नेता छ भन्ने होइन कस्तो पार्टी बनाउने भन्ने कुराको आधारमा चल्नुपर्नेमा पनि जोड दिए ।

‘नेताहरुको बिचमा विश्वास र समझदारीको समन्वय भयो भने अनि विधिको आधारमा टेकेर चल्ने अवस्था भयो भने जस्तो सुकै चुनौतिको सामना गर्न सकिन्छ,’ उनले भने, ‘एकताबद्ध भएर अघि बढ्न सकिन्छ । हामी सबै त्यहि दिशामा अघि बढौँ । पुष्पलाको योगदानलाई चीरस्थाई बनाई राख्न पनि हामीले पार्टी एकतालाई बलियो बनाउने कुरालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ ।’

नेता नेपालले पार्टीको अहिले बसिरहेको बैठक र पार्टी भित्रको विवादका विषयमा धेरै किसिमका चर्चा–परिचर्चा चलिरहेको बारे आफू पनि जानकार रहेको बताए ।

नेता नेपालले कसैले जानि–जानि कमजोरी गर्छ भने त्यसको सजाए पार्टीले होइन व्यक्तिले पाउनुपर्नेमा जोड दिए।

उनले समाजवाद स्थापना गर्ने नयाँ युगमा प्रवेश गरेको भन्दै सबै किसिमको चुनौतिको सामना गर्दै एकताबद्ध हुँदै अघि बढ्नु पर्ने जिम्मेवारी सबै नेताको काँधमा आएको पनि बताए ।

 

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ७ : ५७ बजे

पिउने पानीको बोतलमा प्लास्टिकको ‘नेक-सील’ प्रतिबन्ध, जारमा अनिवार्य लेबलिङ्ग गर्नुपर्ने

काठमाडौं– नेपाल सरकारले बजारमा उपलब्ध हुने पिउने पानीको गुणस्तर सुनिश्चित

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर

पैठारी गरिने वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र कार्यान्वयन नगरे कारबाही गरिने

काठमाडौं– सरकारले विदेशबाट पैठारी भई नेपालमा बिक्री वितरण हुने सम्पूर्ण

‘जनताले खबरदारी गर्न छोडेका दिन नयाँ दल पनि बिग्रिन्छन्’

नेपालमा राजनीतिक उथलपुथल गर्दै २०८२ बितेको छ। वर्ष २०८२ ले