नेकपा कार्यदलले बुझायो प्रतिवेदन | Khabarhub Khabarhub

नेकपा कार्यदलले बुझायो प्रतिवेदन


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदलले आज अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कार्यदलले अपराह्न पौने ५ बजे प्रतिवेदन बुझाएको जनाएका छन् ।

पार्टीको विवाद समाधानका सूत्र पहिल्याउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका थिए । कार्यदल गठनको निर्णय सचिवालय बैठकले अनुमोदन गरेको थियो ।

कार्यदलमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य थिए । पार्टीका तीन पक्षको प्रतिनिधित्व हुने कार्यदल गठन भएको थियो ।

कार्यदलले सर्वसम्मतिले प्रतिवेदन तयार पारेको थापाले जनाएका छन् ।

 

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ५ : ३० बजे

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै