जातीय विभेद गर्ने तीन जना पक्राउ | Khabarhub Khabarhub

जातीय विभेद गर्ने तीन जना पक्राउ


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम : दलितसँग बिवाह गरेकै कारण छोरीलाई मरेका आफ्नै बुवाको अनुहार हेर्न र सामूहिक रुपमा काजकिरिया गर्न समेत नदिनेहरु तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

इलामको माई नगरपालिकास्थित वडा नं. २ दानाबारीकी यामकला आचार्य विश्वकर्मालाई दलितसँग विवाह गरेको कारण बुवाको अनुहार हेर्न र काजकिरिया समेत गर्न नदिएपछि उनले दिएको जाहेरीको आधारमा प्रहरीले यामकलाको भाई टिकाराम आचार्य, छिमेकी लक्ष्मी दंगाल र ठूलो बुवाकी छोरी पार्वती आचार्य बजगाईंलाई पक्राउ गरेको हो ।

जातीय भेदभाव भएको भनि यामकलाले दिएको जाहेरीका आधारमा भाई टिकाराम सहित ३ जनालाई पक्राउ गरि थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरिक्षक नवीनकुमार राईले बताए ।
उनीहरुलाई थुनामा राखी अनुसन्धान प्रक्रिया अगाडि बढाउन जिल्ला अदालत इलामबाट सात दिनको म्याद थप गरिएको प्रहरी उपरिक्षक राईले बताए ।

बुवाको मृत्युपछि घरमा र घाटमा समेत बुवाको मुख हेर्न नदिएको पक्राउ परेपछि यामकला भनिन् ‘मलाई काजकिरिया गर्नबाट समेत बञ्चित गरियो । उनीहरुलाई पक्राउ गरेपछि न्याय पाउँछु कि जस्तो लागेको छ । मेरो भावी पुस्ताले यस्तो विभेद र अपमान भोग्नु नपरोस् भनेर नै न्याय माग्न प्रहरी प्रशासनसम्म पुगेको हुँ ।’

करिब १२ बर्ष दलितसँग विवाह गरेकै कारण माइती घरसँगको सम्बन्ध टुटेकी यामकलाका बवाको गत साउन २० गते निधन भएपछि घटनाक्रम विकास भएको थियो । उनले माइती घरभन्दा करिब तीन सय मिटर उत्तरमा घर भएका रत्नबहादुर विश्वकर्मासँग बिवाह गरेकी थिइन् ।

त्यसबीचमा उनलाई माइती पक्षले बोलाएका थिएनन् । उल्टै गाली, बेइज्जती र अपमान गरेको उनी बताउँछिन् । दलितसँग बिवाह गरेकै कारण विभेद भोग्न बाध्य पारिएकी यामकलाका ३ जना सन्तानहरु रहेका छन् । यामकला माई नगरपालिकाकी उपमेयर एवं नगरपालिकाको न्यायिक समितिकी संयोजक समेत रहेकी बिष्णुमाया आचार्यकी सहोदर जेठाजुकी छोरी (भतिजी) हुन् ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ८ : ०१ बजे

ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस

ताप्लेजुङ– विभिन्न कार्यक्रम आयोजना गर्दै अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ

नवनियुक्त तीन मन्त्रीको सपथग्रहण आज हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज पद

बक्सिङका पूर्व विश्व च्याम्पियनको ४६ वर्षको उमेरमा निधन

लन्डन – बक्सिङ खेलका पूर्व विश्व विजेता रिकी ह्याटनको निधन

क्षतिको पारदर्शी मुचुल्का तयार पार्न अनुरोध

पर्सा– जिल्ला प्रशासन कार्यालय पर्साले जेन-जी आन्दोलनका क्रममा सरकारी कार्यालयमा

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

काठमाडौं–  ऐतिहासिक सिंहदरबार जेन–जी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको