क्याप्टेन विजय लामाले भने-  कोरोनालाई सामान्य रूपमा नलिऔँ | Khabarhub Khabarhub

क्याप्टेन विजय लामाले भने-  कोरोनालाई सामान्य रूपमा नलिऔँ


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको संक्रमणपछि स्टार अस्पतालमा उपचाररत नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले आफ्नो स्वास्थ्य सुधार हुँदै गएको बताएका छन् ।

यद्यपि कोरोना संक्रमणलाई सामान्य रुपमा भने नलिन उनले आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भएको चाँडै उडान भर्दै बिदेशमा रहेका नेपालीहरुलाई फर्काउने बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘एकदम जटिल अवस्थाबाट पार भै पुनः स्वस्थ बन्दै छु । अबको केही दिनपछि डिस्चार्ज हुने आशा राखेको छु ।’

उनले लेखेका छन्, ‘रगतको नमूना पनि लगेन, नास्ता पनि खाइयो, कमजोरीपनको कतै लक्षण छैन, राति निन्द्रा पनि राम्रै लाग्यो, डाक्टर साबको भनाइ अनुसार मेरो इन्फेक्सन लेभल पनि घटेको अवस्था छ ।’

आफ्नो स्वास्थ्य सुधार हुनुको श्रेय उनले चिकित्सकहरूलाई दिएका छन् । यो सम्भव हुनुको पछाडि अस्पतालका सम्पूर्ण टोलीको योगदान रहेको भन्दै आफ्नो उपचारमा खटिएकाहरुलाई धन्यवाद पनि दिएका छन् ।

कोरोनालाई हल्का रुपमा नलिन र आफ्नो सुरक्षामा नचुक्न सबैलाई उनले आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘मेरो विनम्र अनुरोध सबैमा बिन्ती छ, यो कोभिडलाई हल्का नलिनु होला । आफ्नो सुरक्षामा कतै नचुक्नु होला । यो सामान्य रोग होइन । यसले ज्यान लिन सक्छ ।’

 

 

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ९ : ५९ बजे

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?

देउखुरी– २०८१ वैशाख १६ गते बिहान करिब १० बजेतिर घरदेखि

सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट टीका थापा मन्त्रीमा नियुक्त

धनगढी– सुदूरपश्चिम सरकार आज विस्तार गरेको छ। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले

संगठन कमजोर थियो, कम मत आयो : कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले इलाममा

इन्स्टाग्रामको युजरनेम यसरी बदल्न सकिन्छ

काठमाडौं– पछिल्लो समय इन्स्टाग्राम चलाउनेको संख्या निकै छ । टिकटक

नक्कली नोटसहित वीरगंजबाट दुई जना पक्राउ

पर्सा– वीरगंज महानगरपालिका-९ घण्टाघरस्थित सडकबाट नेपाली १ हजार दरको १