टिचिङ जान लागेका डा केसीलाई प्रहरीले ट्रमा सेन्टर लग्यो « Khabarhub

टिचिङ जान लागेका डा केसीलाई प्रहरीले ट्रमा सेन्टर लग्यो


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द्र केसी अनसनरत अवस्थामा काठमाडौं आइपुगेका छन् ।

डा केसी जुम्लाबाट नेपालगञ्ज हुँदै वुद्ध एयरबाट काठमाडौं आएका हुन् ।

डा केसीलाई उनका सहयोगीहरुले त्रिभूवन विमानस्थलबाट त्रिवि शिक्षण अस्पतालमा राख्ने तयारी गरेका थिए । तर विमानस्थलमा झरेपछि प्रहरीले डा केसीलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगेको छ ।

डा केसीलाई विमानस्थलबाटै जवरजस्ती रुपमा ट्रमा सेन्टरमा लगिएको डा केसीका सहयोगी हिमालयन कार्कीले खबरहबलाई बताए ।

‘डाक्टर केसीलाई हामीले टिचिङ लैजान लागेका थियौँ, विमानस्थलबाट प्रहरी उहाँलाई जवरजस्ती ट्रमा सेन्टरमा लिएर गयो, कार्कीले भने ।

डाक्टर केसीलाई लिन त्रिवि शिक्षण अस्पतालको एम्बुलेन्स विमानस्थलमा तयारी अवस्था थियो । डा केसी विमानबाट झरेर एम्बुलेन्समा बसेपछि प्रहरीले डा केसीलाई ट्रमा सेन्टरतर्फ स्कटिङ गरेर लगेको डा केसीका सहयोगी कार्कीले बताए ।

आफुलाई जवरजस्ती ट्रमा सेन्टरमा लगिएको भन्दै उनलाई ट्रमा सेन्टर पुर्‍याइएपछि एम्बुलेन्सबाट नओर्लने अडान लिएका थिए ।

डा केसीलाई प्रहरीले ट्रमा सेन्टरमा लगेपनि डा केसी एम्बुलेन्सबाटै नओर्लने अडानमा थिए । तर प्रहरीले त्रिवि शिक्षण अस्पतालमा कोरोनाको जोखिम रहेको भन्दै डा केसीलाई ट्रमा सेन्टरमा लगेको जनाएको छ ।

ट्रमा सेन्टरबाट डा केसी ओर्लन नमानेपछि प्रहरीले उनलाई बोकेरै हस्पिटलभित्र लगेको छ।

“म टिचिङ जान आएको, मैले काम गरेको ठाउँ टिचिङ हो म अन्त जाँदिन” प्रहरीले एम्बुलेन्सबाट ओराल्न लागेपछि डा केसीले भने, ”म जान्न भनेको प्रहरीको यो गुण्डागर्दी हो ।”

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  १ : ४४ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि