टिचिङ जान लागेका डा केसीलाई प्रहरीले ट्रमा सेन्टर लग्यो « Khabarhub

टिचिङ जान लागेका डा केसीलाई प्रहरीले ट्रमा सेन्टर लग्यो


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द्र केसी अनसनरत अवस्थामा काठमाडौं आइपुगेका छन् ।

डा केसी जुम्लाबाट नेपालगञ्ज हुँदै वुद्ध एयरबाट काठमाडौं आएका हुन् ।

डा केसीलाई उनका सहयोगीहरुले त्रिभूवन विमानस्थलबाट त्रिवि शिक्षण अस्पतालमा राख्ने तयारी गरेका थिए । तर विमानस्थलमा झरेपछि प्रहरीले डा केसीलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगेको छ ।

डा केसीलाई विमानस्थलबाटै जवरजस्ती रुपमा ट्रमा सेन्टरमा लगिएको डा केसीका सहयोगी हिमालयन कार्कीले खबरहबलाई बताए ।

‘डाक्टर केसीलाई हामीले टिचिङ लैजान लागेका थियौँ, विमानस्थलबाट प्रहरी उहाँलाई जवरजस्ती ट्रमा सेन्टरमा लिएर गयो, कार्कीले भने ।

डाक्टर केसीलाई लिन त्रिवि शिक्षण अस्पतालको एम्बुलेन्स विमानस्थलमा तयारी अवस्था थियो । डा केसी विमानबाट झरेर एम्बुलेन्समा बसेपछि प्रहरीले डा केसीलाई ट्रमा सेन्टरतर्फ स्कटिङ गरेर लगेको डा केसीका सहयोगी कार्कीले बताए ।

आफुलाई जवरजस्ती ट्रमा सेन्टरमा लगिएको भन्दै उनलाई ट्रमा सेन्टर पुर्‍याइएपछि एम्बुलेन्सबाट नओर्लने अडान लिएका थिए ।

डा केसीलाई प्रहरीले ट्रमा सेन्टरमा लगेपनि डा केसी एम्बुलेन्सबाटै नओर्लने अडानमा थिए । तर प्रहरीले त्रिवि शिक्षण अस्पतालमा कोरोनाको जोखिम रहेको भन्दै डा केसीलाई ट्रमा सेन्टरमा लगेको जनाएको छ ।

ट्रमा सेन्टरबाट डा केसी ओर्लन नमानेपछि प्रहरीले उनलाई बोकेरै हस्पिटलभित्र लगेको छ।

“म टिचिङ जान आएको, मैले काम गरेको ठाउँ टिचिङ हो म अन्त जाँदिन” प्रहरीले एम्बुलेन्सबाट ओराल्न लागेपछि डा केसीले भने, ”म जान्न भनेको प्रहरीको यो गुण्डागर्दी हो ।”

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  १ : ४४ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले