संवैधानिक निकायहरुमा नियुक्ति गर्न प्रधानमन्त्रीलाई नेकपाको आग्रह « Khabarhub

संवैधानिक निकायहरुमा नियुक्ति गर्न प्रधानमन्त्रीलाई नेकपाको आग्रह


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले संवैधानिक निकायहरुमा नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (मंगलवार) बसेको सचिवालय बैठकले रिक्त रहेका संवैधानिक निकायहरुमा नियुक्त गर्न आग्रह गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

उनले भने, ‘संवैधानिक निकायमा नियुक्त गर्नका लागि कानूनले नै मापदण्ड बनाएको छ, त्यसका आधारमा संवैधानिक परिषदले निर्णय गर्छ ।’

प्रवक्ता श्रेष्ठले संवैधानिक परिषदको बैठक छिटो बोलाउन प्रधानमन्त्रीलाई आग्रह गरिएको समेत जानकारी दिए ।

साथै उनले सरकारको कामलाई प्रभावकारी बनाउन, पार्टी र सरकारको सम्बन्ध अझ सुदृढ बनाउने विषयमा छलफल भएको पनि बताए ।

साथै बैठकले सांगठनिक एकताका बाँकी काम पूरा गर्न आवश्यक प्रस्ताव ल्याउन पार्टी अध्यक्ष र महासचिवलाई १० दिनको समय दिइएको जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ४ : ०० बजे

आठ महिनामा विदेश पुगेका नेपालीले पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ – चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी – धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ ।

अन्तर्राष्ट्रिय फुटबलबाट बाहिरिने तयारीमा लेवान्डोव्स्की : लेखे भावुक पोस्ट

काठमाडौँ – पोल्यान्डका कप्तान तथा कीर्तिमानी स्ट्राइकर रोबर्ट लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय

आजको मौसम पूर्वानुमान: पहाडी तथा हिमाली क्षेत्रमा वर्षा, तराईमा हुरीको चेतावनी

काठमाडौँ – हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

‘खुला पाठशाला’ : पिपलको फेदमा बोरा ओछ्याएर चन्द्र सरको निःशुल्क ट्युसन कक्षा

धरान- इटहरीस्थित टेङ्ग्रा खोलाको किनार छेवैको एउटा गल्ली । पिपलको