संवैधानिक निकायहरुमा नियुक्ति गर्न प्रधानमन्त्रीलाई नेकपाको आग्रह | Khabarhub Khabarhub

संवैधानिक निकायहरुमा नियुक्ति गर्न प्रधानमन्त्रीलाई नेकपाको आग्रह


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले संवैधानिक निकायहरुमा नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (मंगलवार) बसेको सचिवालय बैठकले रिक्त रहेका संवैधानिक निकायहरुमा नियुक्त गर्न आग्रह गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

उनले भने, ‘संवैधानिक निकायमा नियुक्त गर्नका लागि कानूनले नै मापदण्ड बनाएको छ, त्यसका आधारमा संवैधानिक परिषदले निर्णय गर्छ ।’

प्रवक्ता श्रेष्ठले संवैधानिक परिषदको बैठक छिटो बोलाउन प्रधानमन्त्रीलाई आग्रह गरिएको समेत जानकारी दिए ।

साथै उनले सरकारको कामलाई प्रभावकारी बनाउन, पार्टी र सरकारको सम्बन्ध अझ सुदृढ बनाउने विषयमा छलफल भएको पनि बताए ।

साथै बैठकले सांगठनिक एकताका बाँकी काम पूरा गर्न आवश्यक प्रस्ताव ल्याउन पार्टी अध्यक्ष र महासचिवलाई १० दिनको समय दिइएको जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ४ : ०० बजे

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार