भारत र श्रीलङ्काका प्रधानमन्त्रीबीच वार्ता हुने « Khabarhub

भारत र श्रीलङ्काका प्रधानमन्त्रीबीच वार्ता हुने


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षबीच वार्ता हुने भएको छ ।

उनीहरूबीच यही सेप्टेम्बर २६ मा भिडियोमार्फत् वार्ता हुने तय भएको अधिकारीहरुले जानकारी दिएका छन् । तर यसको औपचारिक जानकारी भने दिइएको छैन ।

गत हप्ता श्रीलङ्काका प्रधानमन्त्री राजापाक्षले भारतका प्रधानमन्त्री मोदीलाई टेलिफोन गरेका थिए । त्यतिबेला राजापाक्षले दुई छिमेकी मुलुकका बीचमा अझ बलियो सम्बन्ध र सहकार्य गर्नका लागि जोड दिएका थिए ।

प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ, “श्रीलङ्काका राष्ट्रपति गोटावाया राजापाक्ष र प्रधानमन्त्री महिन्दा राजापक्षले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको जन्मदिनका अवसरमा फोन गरेका थिए । टेलिफोन कुराकानीका क्रममा उनीहरुका बीचमा दुई देशको सम्वन्ध र सहकार्यलाई थप बलियो बनाउने कुरामा जोड दिइएको थियो ।”

सो अवसरमा प्रधानमन्त्री मोदीले शुभकामनाका लागि श्रीलङ्काका दुवै नेताहरुलाई धन्यवाद दिएका थिए भने सम्बन्ध र सहकार्यलाई थप बलियो बनाउनका लागि आफ्नो तर्फबाट आवश्यक कदम चाल्ने र चासो राख्ने आश्वासन दिएका थिए ।

त्यही बेलाको कुराकानीका आधारमा अहिले भिडियो कुराकानी हुने तय भएको समाचार स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ४ : १८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु