आईपीएलः चेन्नाई र राजस्थान भिड्दै « Khabarhub

आईपीएलः चेन्नाई र राजस्थान भिड्दै


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपीएल) मा आज (मंगलबार) चेन्नाई सुपर किङ्स राजस्थान रोयलबीचको खेल हुँदैछ ।

शारजहा क्रिकेट मैदान दुबईमा हुने खेलमा चेन्नाई लगातार दोस्रो जीतको खोजीमा छ ।

पहिलो खेल चेन्नाईसँग खेल्न लागेको राजस्थान भने १३ औं संस्करणको सुखद् सुरुवातको लक्ष्यमा रहेको छ ।

चेन्नाईले यो सिजनको आईपीएलको पहिलो खेलमा साबिक विजेता टोली मुम्बई इन्डियन्सलाई पराजित गर्दै राम्रो सुरुवात गरिसकेको छ ।

भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको टोलीविरुद्ध मैदान उत्रिने योजनामा रहेको राजस्थानका खेलाडीले उसलाई रोक्ने लक्ष्य बनाएका छन् ।

अस्ट्रेलियन क्रिकेट टीमका पूर्वकप्तान स्टेभ स्मिथले नेतृत्व गरेको राजस्थानका स्टार खेलाडी वेन स्टोक्स र जोस बट्लर टोलीमा छैनन् ।

जसमा बट्लर १४ दिनको क्वारेन्टिन नियमले अहिले युएईमा क्वारेन्टिनमा बसिरहेका छन् भने स्टोक्स परिवारसँगै न्युजिल्याण्डमा छन् ।

उनीहरु टोलीमा नहुँदा केही दबाब रहन सक्ने क्रिकेट जानकारको विश्लेषण छ । चेन्नाईले भने केही खेलाडी परिवर्तन गर्न सक्ने समाचारहरुमा बताइएको छ ।

तुलनात्मक रुपमा शारजहा मैदान सानो बाउन्ड्रीको भएकाले धोनीले नयाँ खेलाडीलाई मैदान उतार्न सक्ने बताइएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ४ : ४५ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका