चीनको गान्सुमा नयाँ ब्याक्टिरियाको संक्रमण, हजारौँ बिरामी | Khabarhub Khabarhub

चीनको गान्सुमा नयाँ ब्याक्टिरियाको संक्रमण, हजारौँ बिरामी


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनको गान्सु प्रान्तको लानजोउ शहरमा नयाँ ब्याक्टिरियाको संक्रमण फैलिदा हजारौँ ब्यक्ति बिरामी परेका छन् ।

ब्रुसेलोसिस नामको ब्याक्टिरियाको संक्रमण फैलिदा अहिलेसम्म तीन हजार २४५ जना बिरामी भइसकेको चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ।

ब्याक्टिरिया अन्यत्र पनि फैलन सक्ने आशंकापछि सोमबार २१ हजारभन्दा बढी व्यक्तिको परीक्षण गरिएको जनाइएको छ । तीमध्ये शुरुमा चार हजार ६४६ जनाको नतिजा पोजिटिभ देखिएको थियो।

यो संख्या अझै बढ्न सक्ने जनाइएको छ। संक्रमित व्यक्तिलाई ज्वरो आउने र मांसपेशी दुख्ने लक्षण देखिएको छ। त्यस्तै थकान महसुस हुने, पसिना आउने, भोक नलाग्ने तथा टाउको दुख्ने र तौल घट्ने जस्ता समस्या देखिएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

संक्रमितलाई सामान्यतया दुईदेखि चार हप्तासम्ममा लक्षण देखिने गरेको छ। यो ब्याक्टिरियाको संक्रमण मुख्यगरी गाई, भेडा, बाख्रा, सुगुर र कुकुरलाई हुन्छ।

मान्छे संक्रमित जनावरको सम्पर्कमा पुगेमा यो सर्ने खतरा रहेको बताइएको छ । त्यसअतिरिक्त संक्रमित पशुबाट पाइने आहारा खाँदा, पिउँदा र ब्याक्टिरिया हावामा फैलिएको खण्डमा मानिसमा सर्ने विशेषज्ञहरूले जनाएका छन् ।

 

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ५ : २७ बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।