मनसुन पुनः सक्रिय, पाँच दिन देशभर वर्षा हुने « Khabarhub

मनसुन पुनः सक्रिय, पाँच दिन देशभर वर्षा हुने


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी पाँच दिन देशभर बदलीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उत्तरपूर्व बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र उत्तरपश्चिम तर्फ सर्ने क्रममा पाँच दिन नेपालको धेरै स्थानमा वर्षा हुनाका साथै तराई भूभागमा हावाहुरीको समेत सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गले भने, ‘मनसुन अन्य हुने औसत समय सेप्टेम्बर २३ अर्थात् बुधबार भए पनि उक्त प्रणालीको प्रभावले अबको केही समय पुनः मनसुन सक्रिय हुने भएको छ ।’

वर्षा र बदली गराउने न्यूनचापीय प्रणाली नेपालमा अझै चारपाँच दिन रहने भएकाले मनसुन पनि ढिलो बाहिरिने मौसमविद्को अनुमान छ ।

त्यस्तै बढी पूर्वानुमान महाशाखाले आगामी पाँच दिन असोज १० गतेसम्म देशभरका नदीमा बहाव उच्च हुने पूर्वानुमान गरेको छ । पानीको सतह सतर्कताको चिह्नभन्दा तलै हुने भए पनि सामान्यावस्थाबाट एक्कासी बढ्ने सम्भावना रहेकाले सम्भावित क्षतिबाट जोगिन असोज ११ गतेसम्म नदी तटीय क्षेत्रका क्रियाकलाप नगर्न वा गर्नुपरेमा उच्च सतर्कतासाथ गर्न बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

हाल देशका प्रदेश नं १, २ र वाग्मती प्रदेशमा पूर्ण बदली र अन्य प्रदेशमा सामान्य बदली रहेको छ । साथै वाग्मती र प्रदेश नं ५ का केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र गण्डकी प्रदेशका एक/दुई स्थानमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव शून्य र अधिकतम तापक्रम ३१ दशमलव ८ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव २ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३८ दशमलव ३ डिग्री सेल्सियस छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ७ : ०८ बजे

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन