चीनले नेपाली भूमि अतिक्रमण गरेर भवन बनाएपछि विरोध « Khabarhub

चीनले नेपाली भूमि अतिक्रमण गरेर भवन बनाएपछि विरोध


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनले नेपाली भूमि अतिक्रमण गरेर भवन निर्माण गरेको पाइएपछि लुम्बिनी नागरिक समाजले आपत्ति जनाएको छ।

समाजले चिनियाँ हस्तक्षेपविरुद्ध नाराबाजीमा उत्रेर नेपालमा चीनको दादागिरी नचल्ने भन्दै विरोध जनाएको हो ।

समाजका कार्यकर्ताहरूले ‘नेपालको भूमि फिर्ता गर, चिनियाँ विस्तारवाद मुर्दावाद, बुद्दिष्ट र मुस्लिममाथि अत्याचार बन्द गर’ भन्दै नाराबाजी गरेका थिए ।

चीनले हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमाल पारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा भवन निर्माण गरेको हो ।

नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाउने कार्य अन्तिम चरणमा पुगिसकेको छ । नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले उक्त भवन बनाउने कार्य तीव्र रुपमा भइरहेको जानकारी दिए ।

‘चिनियाँ पक्षको जिम्मेवार अधिकारीसँग आफूले बुझ्न खोजे पनि प्रयास सफल सकेन,’ उनले भने ।

लामाले नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा नौ वटा व्यापारिक प्रयोजनका भवन बनाएको दाबी गरे । हाल भवन निर्माण भएको स्थानभन्दा केही पर डाँडामा १२ नम्बर सीमा स्तम्भ रहेको छ । त्योसँगै ११ नम्बरको सीमा स्तम्भ भने हराएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ७ : ५५ बजे

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न