सप्तरीमा एक सङ्क्रमितको घरमै मृत्यु | Khabarhub Khabarhub

सप्तरीमा एक सङ्क्रमितको घरमै मृत्यु


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीमा कोरोना सङ्क्रमित विष्णुपुर गाउँपालिका–१ का ४९ वर्षीय पुरुषको घरमै मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय सप्तरीले उनको मृत्यु फरकफरक अस्पतालमा भएको जनाए पनि मृतकका परिवारका सदस्यले घरमै मृत्यु भएको स्पष्ट पारेको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मत्यु भएको बताए भने कोभिड–१९ को सप्तरीको तथ्याङ्क राख्ने सोही कार्यालयका मलेरिया इन्स्पेटर नारायण राउत बरैले गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको जानकारी दिए ।

नौ दिनअघि नरिबलको रुखबाट लडेर घाइते भएका उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा भदौ २९ गते पिसीआर रिपोर्ट पोजिटिभ आएको थियो ।

उनलाई राजविराज वा धरानस्थित आइसोलेशन केन्द्रमा बस्ने सुझावसहित अस्पतालले पठाएकामा परिवारले घरमै आइसोलेशनमा राखेको थियो ।

नेपाली सेनाको भीमदल गणको टोलीले गाउँमै शव व्यवस्थापन गरेको मृतकका भतिजा भूपेन्द्रप्रसाद यादवले बताए । यो समेत सप्तरीमा मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या ११ पुगेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ८ : ३३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र