अमेरिकाद्वारा इरानविरुद्ध नयाँ प्रतिबन्ध घोषणा | Khabarhub Khabarhub

अमेरिकाद्वारा इरानविरुद्ध नयाँ प्रतिबन्ध घोषणा


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संयुक्तराज्य अमेरिकाले इरानी अधिकारीहरु र संस्था विरुद्ध नयाँ प्रतिबन्धहरु लगाएको घोषणा गरेको छ । इरान विरुद्ध नाकाबन्दी लगाउने सम्बन्धमा राष्ट्रसंघमा सहमति नजुटे पनि अमेरिकाले एकतर्फी रुपमा प्रतिबन्ध लगाएको हो ।

इरानी रक्षामन्त्री र भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो समेतका व्यक्ति विरुद्ध प्रतिबन्धहरु लगाउने सम्बन्धी एक कार्यकारी आदेशमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको सिएनएनले जनाएको छ ।

कार्यकारी आदेशमा हस्ताक्षर गरेलगत्तै जारी गरिएको वक्तव्यमा राष्ट्रपति ट्रम्पले भनेका छन् , “मेरो आदेशले इरानी सत्ता र इरान विरुद्ध उभिन अस्वीकार गर्ने अन्तर्राष्ट्रिय समुदायका लागि स्पष्ट सन्देश दिएको छ । मेरो प्रशासनले इरानलाई आणविक, ब्यालिस्टिक क्षेप्यास्त्र र परम्परागत घातक हातहतियारको निर्माण रोक्न हरसम्भव प्रयत्न गर्नेछ ।”

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले जारी गरेको अर्को वक्तव्यमा इरान विरुद्ध हतियार आपूर्ति रोक्ने राष्ट्रसंघीय प्रतिबन्धहरु अब अनिश्चितकालसम्म जारी रहने दाबी गरेका छन् । उनले इरानले आफ्नो व्यवहारमा परिवर्तन नल्याउँदासम्म यी प्रतिबन्धहरु लागू भइरहने बताए ।

विदेश मन्त्री पोम्पेओले प्रतिबन्ध उल्लंघन गर्ने विरुद्ध जवाफदेही बनाइने पनि बताएका छन् ।

राष्ट्रसंघ सुरक्षा परिषदमा सहमति नभए पनि संयुक्तराज्य अमेरिकाले एकपक्षीय रुपमा इरान विरुद्ध राष्ट्रसंघीय प्रतिबन्धहरु लागू भएको घोषणा गरेको छ । केही जानकारहरुले इरान विरुद्ध एकपक्षीय प्रतिबन्ध घोषणा गर्ने कानुनी अधिकार अमेरिकासँग नरहेको जिकिर गरेका छन् ।

अमेरिकी रक्षामन्त्री मार्क एस्परले राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशले इरानमाथि थप दबाब सिर्जना गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ९ : २२ बजे

आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान

काठमाडौं– बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका

क्रान्ति सम्भव नभएपछि जनमत परीक्षणमा लाग्यौं : प्रकाण्ड

काठमाडौं- २०६४ सालपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुटेको

राप्तीसोनारीका महिला बाख्रापालनतर्फ आकर्षित

राँझा– बाँकेको राप्तीसोनारी गाउँपालिकाका किसान महिला पछिल्लो समयमा बाख्रापालनतर्फ आकर्षित

‘प्रदेश स्वास्थ्य आपतकालीन तयारी तथा प्रतिकार्य योजना’ निर्माण गरिँदै

कर्णाली– विपद्का हिसाबले मुलुकको अत्यन्तै जोखिम मानिने कर्णालीमा ‘प्रदेश स्वास्थ्य

आज विश्व सहरीकरण दिवस

काठमाडौं– सहरको दिगो विकास र सहकार्यको सन्देश प्रवाह गर्दै ‘जनकेन्द्रित