लकडाउनले अफ्रिकामा गैंडाको चोरी तस्करी घट्यो « Khabarhub

लकडाउनले अफ्रिकामा गैंडाको चोरी तस्करी घट्यो


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जोहानेसबर्ग– दक्षिण अफ्रिकामा कोरोनाभाइरस फैलिन रोक्ने उद्देश्यले गरिएको लकडाउनका कारण गैंडाको चोरी तस्करी निकै घटेको अधिकारीहरुले जनाएका छन् । पृथ्वीकै लोप हुने खतराको सूचीमा रहेको गैंडा मारिनेक्रम फेरि शुरु हुने खतरा विज्ञहरुले औंल्याएका छन् ।

दक्षिण अफ्रिकामा लकडाउन गत मार्चको अन्त्यमा घोषणा गरिएको थियो । सबै अन्तर्राष्ट्रिय र स्वदेशी उडान तथा यात्राहरुमाथि प्रतिबन्ध लगाइएको थियो । अफ्रिकामा अहिले दैनिक जनजीवन विस्तारै खुला गर्न थालिएको छ भने आगामी अक्टोबर १ देखि अन्तर्राष्ट्रिय पर्यटकलाई पनि भ्रमणका लागि खुला गरिँदैछ ।

दक्षिण अफ्रिकाका वातावरण विभागका प्रवक्ता अल्बी मोडिसेले लकडाउनका कारण गैंडा मार्नेक्रम रोकिएको बताउँदै यस अवधिमा गैंडा चोरी तस्करी नियन्त्रणका सन्दर्भमा नयाँ उपायहरुको खोजी गरिएको जानकारी दिए।

विभागका अनुसार यस वर्ष सन् २०२० को पहिलो छ महिनामा दक्षिण अफ्रिकामा मारिने गैंडाको संख्यामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५० प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष छ महिनाको अवधिमा दक्षिण अफ्रिकामा १६६ वटा गैंडा मारिएका थिए ।

दक्षिण अफ्रिकामा करिब २० हजार गैंडा छन् । यो संख्या विश्वको कूल गैंडाको संख्याको झण्डै ८० प्रतिशत हो । बहुमूल्य गैंडाको खागका तस्करहरुले गैंडाको चोरी सिकारी गर्ने गरेका छन् । अफ्रिकी महादेशमा केन्या, नामिबिया र जिम्बाबेमा पनि गैंडा छन् ।

क्वाजुलु–नाटाल प्रान्तमा गैंडा संरक्षणका लागि स्थापित हुहुवे–मोलोजी निकुञ्जको वरिपरि “स्मार्ट बार” बनाइएको छ जसले निकुञ्जभित्र छिर्न खोज्ने जोकोही व्यक्तिका बारेमा निकुञ्जका रक्षकहरुलाई पूर्व सूचना दिने गर्दछ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ९ : ३६ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर