लकडाउनले अफ्रिकामा गैंडाको चोरी तस्करी घट्यो « Khabarhub

लकडाउनले अफ्रिकामा गैंडाको चोरी तस्करी घट्यो


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जोहानेसबर्ग– दक्षिण अफ्रिकामा कोरोनाभाइरस फैलिन रोक्ने उद्देश्यले गरिएको लकडाउनका कारण गैंडाको चोरी तस्करी निकै घटेको अधिकारीहरुले जनाएका छन् । पृथ्वीकै लोप हुने खतराको सूचीमा रहेको गैंडा मारिनेक्रम फेरि शुरु हुने खतरा विज्ञहरुले औंल्याएका छन् ।

दक्षिण अफ्रिकामा लकडाउन गत मार्चको अन्त्यमा घोषणा गरिएको थियो । सबै अन्तर्राष्ट्रिय र स्वदेशी उडान तथा यात्राहरुमाथि प्रतिबन्ध लगाइएको थियो । अफ्रिकामा अहिले दैनिक जनजीवन विस्तारै खुला गर्न थालिएको छ भने आगामी अक्टोबर १ देखि अन्तर्राष्ट्रिय पर्यटकलाई पनि भ्रमणका लागि खुला गरिँदैछ ।

दक्षिण अफ्रिकाका वातावरण विभागका प्रवक्ता अल्बी मोडिसेले लकडाउनका कारण गैंडा मार्नेक्रम रोकिएको बताउँदै यस अवधिमा गैंडा चोरी तस्करी नियन्त्रणका सन्दर्भमा नयाँ उपायहरुको खोजी गरिएको जानकारी दिए।

विभागका अनुसार यस वर्ष सन् २०२० को पहिलो छ महिनामा दक्षिण अफ्रिकामा मारिने गैंडाको संख्यामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५० प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष छ महिनाको अवधिमा दक्षिण अफ्रिकामा १६६ वटा गैंडा मारिएका थिए ।

दक्षिण अफ्रिकामा करिब २० हजार गैंडा छन् । यो संख्या विश्वको कूल गैंडाको संख्याको झण्डै ८० प्रतिशत हो । बहुमूल्य गैंडाको खागका तस्करहरुले गैंडाको चोरी सिकारी गर्ने गरेका छन् । अफ्रिकी महादेशमा केन्या, नामिबिया र जिम्बाबेमा पनि गैंडा छन् ।

क्वाजुलु–नाटाल प्रान्तमा गैंडा संरक्षणका लागि स्थापित हुहुवे–मोलोजी निकुञ्जको वरिपरि “स्मार्ट बार” बनाइएको छ जसले निकुञ्जभित्र छिर्न खोज्ने जोकोही व्यक्तिका बारेमा निकुञ्जका रक्षकहरुलाई पूर्व सूचना दिने गर्दछ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ९ : ३६ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा