कोलकातामाथि बैंगलोरको सहज जित, सिराजको उत्कृष्ट प्रदर्शन « Khabarhub

कोलकातामाथि बैंगलोरको सहज जित, सिराजको उत्कृष्ट प्रदर्शन


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–आइपीएल टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्समाथि सहज जित निकालेको छ ।

बुधबार राति सम्पन्न आपीएलको ३९औं खेलमा कोलकातालाई ८ विकेटले पराजित गर्दै बैँगलोर आइपीएलको दोस्रो स्थानमा पनि उक्लिएको छ ।

जितका लागि ८५ रनको झिनो लक्ष्य पछ्याएको बैंगलोरले १३.३ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

बैंगलोरको जितमा कप्तान विराट कोहली १८ र गुरक्रित सिंहमान २१ रनमा अविजित रहे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ८ विकेटको क्षतिमा ८४ रन बनाएको थियो । कोलकाता कप्तान ओइन मोर्गनले ३४ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ३० रनको योगदान दिए ।

कोलकाताले सुरुवात देखिनै खराब प्रर्दशन गरेको थियो । बैंगलोरका तीव्र गतिका बलर मोहम्मद शिराजले उत्कृष्ट प्रदर्शन गरे ।

उनले २ मेडन ओभरसहित ३ विकेट लिए । उनले ४ ओभरमा जम्मा ८ रन मात्र दिए ।

यस्तै युजभेन्द्र चहलले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । वासिन्टन सुन्दरले ४ ओभरमा १ मेडन सहित १४ रन खर्चेर १ विकेट लिए । नवदीप सैनीको नाममा एक विकेट रह्यो ।

जितसँगै बैंगलोर १० खेलमा ७ मा जित र ३ मा हारसहित १४ अंक सहित दोस्रो स्थानमा उक्लिएको छ ।

कोलकाता १० खेलमा ५ मा जित र ५ मा हारसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ५ : २५ बजे

बालेनलाई बधाई दिँदै इरानी राष्ट्रपतिले भने- नेपालसँग सहकार्य विस्तार गर्न तयार छौँ

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई

शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले महिला सहभागितामा हालसम्मकै ऐतिहासिक

२०८२ मा सेयर बजार : १७१.५२ अंकले बढ्यो, आगामी वर्ष कस्तो रहला ?

काठमाडौं– वि.सं. २०८२ सालमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झण्डै २

इरानलाई हतियार दिएको आरोपमा चीनको आक्रामक प्रतिक्रिया

एजेन्सी– इरानलाई हतियार आपूर्ति गरेको आरोपलाई चीनले ठाडै अस्वीकार गर्दै

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर