कोलकातामाथि बैंगलोरको सहज जित, सिराजको उत्कृष्ट प्रदर्शन « Khabarhub

कोलकातामाथि बैंगलोरको सहज जित, सिराजको उत्कृष्ट प्रदर्शन


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–आइपीएल टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्समाथि सहज जित निकालेको छ ।

बुधबार राति सम्पन्न आपीएलको ३९औं खेलमा कोलकातालाई ८ विकेटले पराजित गर्दै बैँगलोर आइपीएलको दोस्रो स्थानमा पनि उक्लिएको छ ।

जितका लागि ८५ रनको झिनो लक्ष्य पछ्याएको बैंगलोरले १३.३ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

बैंगलोरको जितमा कप्तान विराट कोहली १८ र गुरक्रित सिंहमान २१ रनमा अविजित रहे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ८ विकेटको क्षतिमा ८४ रन बनाएको थियो । कोलकाता कप्तान ओइन मोर्गनले ३४ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ३० रनको योगदान दिए ।

कोलकाताले सुरुवात देखिनै खराब प्रर्दशन गरेको थियो । बैंगलोरका तीव्र गतिका बलर मोहम्मद शिराजले उत्कृष्ट प्रदर्शन गरे ।

उनले २ मेडन ओभरसहित ३ विकेट लिए । उनले ४ ओभरमा जम्मा ८ रन मात्र दिए ।

यस्तै युजभेन्द्र चहलले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । वासिन्टन सुन्दरले ४ ओभरमा १ मेडन सहित १४ रन खर्चेर १ विकेट लिए । नवदीप सैनीको नाममा एक विकेट रह्यो ।

जितसँगै बैंगलोर १० खेलमा ७ मा जित र ३ मा हारसहित १४ अंक सहित दोस्रो स्थानमा उक्लिएको छ ।

कोलकाता १० खेलमा ५ मा जित र ५ मा हारसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ५ : २५ बजे

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला

गाजामा सहायता समूहलाई रोक्नु ‘अपमानजनक’ कार्य

एजेन्सी– गाजामा दर्जनौं सहायता समूहहरूलाई जनवरीदेखि सञ्चालन गर्नबाट रोक्ने इजरायलको

मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा

गण्डकी– मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार