कोलकातामाथि बैंगलोरको सहज जित, सिराजको उत्कृष्ट प्रदर्शन | Khabarhub Khabarhub

कोलकातामाथि बैंगलोरको सहज जित, सिराजको उत्कृष्ट प्रदर्शन


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–आइपीएल टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्समाथि सहज जित निकालेको छ ।

बुधबार राति सम्पन्न आपीएलको ३९औं खेलमा कोलकातालाई ८ विकेटले पराजित गर्दै बैँगलोर आइपीएलको दोस्रो स्थानमा पनि उक्लिएको छ ।

जितका लागि ८५ रनको झिनो लक्ष्य पछ्याएको बैंगलोरले १३.३ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

बैंगलोरको जितमा कप्तान विराट कोहली १८ र गुरक्रित सिंहमान २१ रनमा अविजित रहे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ८ विकेटको क्षतिमा ८४ रन बनाएको थियो । कोलकाता कप्तान ओइन मोर्गनले ३४ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ३० रनको योगदान दिए ।

कोलकाताले सुरुवात देखिनै खराब प्रर्दशन गरेको थियो । बैंगलोरका तीव्र गतिका बलर मोहम्मद शिराजले उत्कृष्ट प्रदर्शन गरे ।

उनले २ मेडन ओभरसहित ३ विकेट लिए । उनले ४ ओभरमा जम्मा ८ रन मात्र दिए ।

यस्तै युजभेन्द्र चहलले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । वासिन्टन सुन्दरले ४ ओभरमा १ मेडन सहित १४ रन खर्चेर १ विकेट लिए । नवदीप सैनीको नाममा एक विकेट रह्यो ।

जितसँगै बैंगलोर १० खेलमा ७ मा जित र ३ मा हारसहित १४ अंक सहित दोस्रो स्थानमा उक्लिएको छ ।

कोलकाता १० खेलमा ५ मा जित र ५ मा हारसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ५ : २५ बजे

न्युरोडमा डोजर : जसले रोप्यो बालेन र रघुवीरबीच कलहको बिउ

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको योजनाअनुसार शनिबार बिहानैदेखि न्युरोडक्षेत्रको

विश्वप्रकाशको प्रश्न- महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भातृ संस्था हो ?

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले महान्यायाधिवक्ताको कार्यालय रास्वपाको

जेठ २३ देखि ‘चौथो आदिवासी जनजाति चलचित्र महोत्सव’ हुँदै

काठमाडौं– आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा चौथो आदिवासी चलचित्र महोत्सव

अर्थ मन्त्रालयद्वारा सार्वजनिक संस्थानको दुई वर्ष पुरानो बासी तथ्यांक सार्वजनिक

काठमाडौं– अर्थ मन्त्रालयले सार्वजनिक संस्थानहरूको दुई वर्ष पहिले अवधिसम्म अद्यावधिक

पौने चार करोडको कोकिनसहित ठमेलबाट विदेशी महिला पक्राउ

काठमाडौं– पौने चार करोड रुपैयाँ बराबरको लागूऔषध कोकिनसहित एक विदेशी