सडकमा सवारी अनुगमन तीव्र « Khabarhub

सडकमा सवारी अनुगमन तीव्र


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असूल्न थालेपछि सडकमा चेकजाँच कडाइ तथा प्रभावकारी अनुगमन गर्न थालिएको छ ।

इलामको जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था सेवा कार्यालय, ट्राफिक कार्यालय, जिल्ला प्रहरी कार्यालय र सञ्चारकर्मीको संयुक्त टोलीले सडकमा चेकजाँच कडाइ तथा प्रभावकारी अनुगमन गर्न थालिएको हो ।

बुधबार मात्र इलाम नगरपालिका–७ धोवीधारामा ११३ सवारीको चेक जाँच तथा अनुगमन गरिएको छ । जसबाट रु पाँच हजार राजश्व सङ्कलन भएको ट्राफिक प्रहरी कार्यालय इलामका प्रमुख योगेन्द्र दाहालले जानकारी दिए ।

उनका अनुसार मोटरसाइकल, ट्याक्सी, बस, अटोलगायत गरेर सात प्रकारका सवारी साधनको जाँच गरिएको थियो ।

यस अगाडिसमेत मेची राजमार्गका विभिन्न क्षेत्रमा जाँच गरिएको थियो । कोरोना महामारीका बीच कम सङ्ख्यामा यात्रु बोक्दा तोकिएको भाडादरमा आधा बढाएर लिन पाउने नियम सरकारले जारी गरेको थियो ।

लकडाउन खुले पनि यात्रुसँग बढी नै रकम लिने गरेको गुनासो बढेपछि यसको प्रभावकारी अनुगमन थालिएको बताइएको छ । विशेष गरेर ग्रामीण क्षेत्रबाट कुद्ने सवारीले दोब्बरसम्म भाडा लिने गरेको गुनासो यात्रुहरुबाट आउने गरेको छ ।

दशैँ, तिहार, छठलगायतका चाडपर्वका समयमा हुने सवारीसाधन एवं सवारीको चापलाई ध्यानमा राखी सुरक्षित यात्राको व्यवस्था मिलाउन यात्रु, चालक, सवारी धनी एवं आम नागरिकमा अपिलसमेत गरेको ट्राफिक प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  १० : ०२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना