सडकमा सवारी अनुगमन तीव्र « Khabarhub

सडकमा सवारी अनुगमन तीव्र


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असूल्न थालेपछि सडकमा चेकजाँच कडाइ तथा प्रभावकारी अनुगमन गर्न थालिएको छ ।

इलामको जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था सेवा कार्यालय, ट्राफिक कार्यालय, जिल्ला प्रहरी कार्यालय र सञ्चारकर्मीको संयुक्त टोलीले सडकमा चेकजाँच कडाइ तथा प्रभावकारी अनुगमन गर्न थालिएको हो ।

बुधबार मात्र इलाम नगरपालिका–७ धोवीधारामा ११३ सवारीको चेक जाँच तथा अनुगमन गरिएको छ । जसबाट रु पाँच हजार राजश्व सङ्कलन भएको ट्राफिक प्रहरी कार्यालय इलामका प्रमुख योगेन्द्र दाहालले जानकारी दिए ।

उनका अनुसार मोटरसाइकल, ट्याक्सी, बस, अटोलगायत गरेर सात प्रकारका सवारी साधनको जाँच गरिएको थियो ।

यस अगाडिसमेत मेची राजमार्गका विभिन्न क्षेत्रमा जाँच गरिएको थियो । कोरोना महामारीका बीच कम सङ्ख्यामा यात्रु बोक्दा तोकिएको भाडादरमा आधा बढाएर लिन पाउने नियम सरकारले जारी गरेको थियो ।

लकडाउन खुले पनि यात्रुसँग बढी नै रकम लिने गरेको गुनासो बढेपछि यसको प्रभावकारी अनुगमन थालिएको बताइएको छ । विशेष गरेर ग्रामीण क्षेत्रबाट कुद्ने सवारीले दोब्बरसम्म भाडा लिने गरेको गुनासो यात्रुहरुबाट आउने गरेको छ ।

दशैँ, तिहार, छठलगायतका चाडपर्वका समयमा हुने सवारीसाधन एवं सवारीको चापलाई ध्यानमा राखी सुरक्षित यात्राको व्यवस्था मिलाउन यात्रु, चालक, सवारी धनी एवं आम नागरिकमा अपिलसमेत गरेको ट्राफिक प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  १० : ०२ बजे

युक्रेनलाई अमेरिकी हतियार खरिदमा ईयुको सहयोग

ब्रसेल्स- युरोपेली सङ्घ (ईयु) ले युक्रेनलाई अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्रलगायत हतियार खरिद गर्न

बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालन

गोरखा– मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द

वालेन्द्र नेतृत्वको सरकारप्रति राधिकाको आक्रोश, भनिन्, ‘खराने ग्याङ’ले जेजे गरुन्, हामी डराएर भाग्दैनौँ’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले

दक्षिण कोरियामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च

सियोल- दक्षिण कोरियामा अगस्ट महिनामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च भएको छ । सरकारी तथ्यांकअनुसार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त

काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना पदाधिकारी नियुक्त भएका