तनहुँकी कोरोना संक्रमित महिलाको मृत्यु « Khabarhub

तनहुँकी कोरोना संक्रमित महिलाको मृत्यु


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँ शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर हेटौँडा–५ बस्ने ३३ वर्षीया महिला रहेको छ ।
भरतपुर अस्पतालमा उपचाररत उनको आज बिहान ६:१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गत असोज ३० गते कोरोना संक्रमणसहित खोकी र श्वासप्रश्वासमा समस्याबाट पीडित भई अस्पतालमा भर्ना भएकी उनलाई सोही दिन कोरोना पुष्टि भएको थियो ।

उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पतालको कोभिड सघन उपचार कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  १० : ३३ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपत्र छपाइ आज सकिँदै

भक्तपुर– यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र

विद्युत प्राधिकरणले ‘एई साथी’ कार्यान्वयनमा ल्याउँदै 

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले प्रविधिको विकाससँगै प्रविधिमैत्री सेवा प्रवाहलाई प्रभावकारी

कांग्रेस अनुशासन समितिको बैठक शुक्रबार बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आगामी फागुन

रुकुमपूर्वमा प्रचण्डका ८४ घण्टा : जनयुद्धको स्मरणदेखि विकासको प्रतिवद्धतासम्म

रुकुमपूर्व– हिमाली हावा चलिरहेको पातीहाल्नाको सीमामा जब नेपाली कम्युनिष्ट पार्टीका

आईटी क्षेत्रमा नेपालले के गर्न सक्छ ? सुन्नुहोस् गगन थापाको ‘भिजन’

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले आईटीको क्षेत्रमा नेपालमा