गाउँभरिका खानेपानी ट्याङ्की जीर्ण « Khabarhub

गाउँभरिका खानेपानी ट्याङ्की जीर्ण


६ कार्तिक २०७७, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– २७ वर्ष पहिले निर्माण गरिएको खानेपानी आयोजनाको ट्याङ्की चुहिन थालेपछि काठेखोला गाउँपालिका–१ पालागाउँमा खानेपानीको समस्या भएको छ ।

खानेपानी जम्मा गर्ने र वितरण गर्ने ट्याङ्की चुहिन थालेकाले पालाका १५ अहिले समस्यामा परेका हुन् । उक्त पानी ट्याङ्कीमा केही समय पहिले अज्ञात समूहले तोडफोड गरेको थियो ।

तत्कालिन जिल्ला विकास समितिले २०५० सालमा बनाएको यो योजना मर्मतका लागि बजेट छैन । कहिँ कतैबाट बजेट नआउने र उपभोक्ताले मात्रै पैसा उठाएर मर्मत गर्न सक्ने अवस्था नरहेकाले ट्याङ्की अलपत्र भएको उपभोक्ता झपेन्द्रबहादुर थापाले बताए ।

‘‘पानीको स्रोत त थियो, सङ्लकन गरेर वितरण गरे मात्र पुग्थ्यो’’ उनले भने, ‘‘सिधै पाइप लगाए एकदुई घरलाई मात्र पुग्छ, सबैलाई वितरण गर्न सकिंदैन ।’’

मर्मतका लागि चाहिने रू डेढ लाखको अभावमा ट्याङकी जीर्ण भइ अहिले ट्याङ्कीको भग्नाबशेष मात्रै रहेको र पानीका लागि अहिले स्थानीयवासीले सास्ती खेप्दै आएका छन् ।

पालाकै धिमीमा तीन वर्षअघि बनाइएको खानेपानीको ट्याङ्कीको निर्माण नसकिंदै चुहिन थालेकोले वितरण नै हुन सकेन । बाहिरबाट हेर्दा आर्कषक देखिने यो ट्याङकीमा पानी नअडिने भएको छ । खानोपनी तथा सरसफाइ डिभिजन कार्यालयले ठेक्कामा लगाएको यो आयोजनाका ठेकेदारले काम अलपत्र पारेर हिँडेको उपभोक्ता गोरे बिकले बताए ।

“काम पनि राम्रो गरेनन्, पानीको स्रोत पनि हिनामिना बनाए” उनले भने, “कसलाई भनेर समस्या समाधान हुन्छ भन्ने पत्तो लगाउन सकिएन । यो ट्याङकीबाट पनि यहाँका १२ घरधुरीले पानी खान्थे । मर्मतको अभावमा चुहिने भएपछि खोल्साको पानी बोकेर खान बाध्य छन् ।”

डिभिजन कार्यालयमार्फत सञ्चालित योजनामा भने रकम धेरै भएपनि परिचालन खर्च थोरै आउने गरेको डिभिजन प्रमुख राजेन्द्र न्यौपानेले बताए । जिल्लाका दर्जनौं योजना बजेट अभावले अधुरा भएको र उपभोक्ताले खानेपानीको सास्ती खेप्न बाध्य भएको उनको भनाइ थियो ।

खानेपानीको सास्ती भएपछि वडाको बजेट टोल–टोलमा सुरक्षित ट्याङ्की निर्माणमा लगाइएको वडाध्यक्ष खड्ग थापाले बताए । गत आर्थिक वर्ष वडाले गण्डकी प्रदेश सरकारबाट प्राप्त रू ३० लाख र गाउँपालिकाको रू ८ लाखको लागतमा टोल टोलमा ट्याङ्की, घर घरमा धारा कार्यक्रम सञ्चालन गरेको थियो ।

चालु आर्थिक वर्षका लागि पनि छुटेका टोलमा ट्याङ्की मर्मतका लागि बजेट बिनियोजन गर्ने योजना वडा समितिको छ । गत दुई वर्षमा आठ वटा ट्याङ्की मर्मत गरेर २०० घरमा खानेपानी वितरण गरिएको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  १ : ३० बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले