सुदूरपश्चिममा कोरोनाको उपचार निःशुल्क « Khabarhub

सुदूरपश्चिममा कोरोनाको उपचार निःशुल्क


६ कार्तिक २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेशमा कोरोना भाइरसको परीक्षण तथा उपचार विगतमा झै निःशुल्क रुपमा भइरहेको बताएका छन् ।

उनले प्रदेश सरकार मातहतका स्वास्थ्य संस्थामार्फत कोरोनाको परीक्षण र उपचार निःशुल्क भइरहेको बताए। उनले भने, ‘‘स्वेच्छाले नमूना सङ्कलन गराई जाँच गर्न चाहने कसैले शुल्क दिन चाहेमा लिन सकिन्छ ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट कोरोना परीक्षणको शुल्क दिन सक्नेबाट लिने र दिन नसक्नेको हकमा निःशुल्क गर्ने भनी पत्राचार भएको जनाइएको छ । मन्त्रालयको पत्राचारसँगै अस्पताल तथा प्रयोगशालामा कोरोनाको उपचार तथा परीक्षण गराउनेबाट शुल्क लिने/नलिने भन्ने विषयमा केही अलमल पनि देखिन थालेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले भने कोरोना उपचार र परीक्षणसम्बन्धी सङ्घीय सरकारको पछिल्लो निर्णय तत्काल कार्यान्वयनमा नआएको जनाएको छ ।

“सङ्घीय सरकारले मातहतका स्वास्थ्य निकायका हकमा यस्तो निर्णय गरेको हुनसक्छ”, मन्त्री सुवेदीले भने, ‘‘प्रदेशमा कोरोनाको जाँचलगायत सबै कार्य प्रदेशकै नियमानुसार भइरहेको छ ।”

प्रदेशको दार्चुला र बाजुराबाहेक सबै जिल्लामा कोरोनाका शङ्कास्पद व्यक्तिको पिसिआर विधिबाट परीक्षण भइरहेको छ ।

प्रदेशमा कोरोनाका जटिल अवस्थाका बिरामी बढ्दै जान थालेका छन् । जटिल सङ्क्रमितको सङ्ख्या बढ्न थालेसँगै प्रदेश सरकारले स्वास्थ्य पूर्वाधार विकासको काम पनि अगाडि बढाएको छ । प्रदेशका विभिन्न अस्पतालमा थप २० वटा भेन्टिलेटर थप्ने काम भइरहेको छ ।

सुदूरपश्चिममा हालसम्म एक लाख एक हजार २०६ नमूनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । सङ्क्रमितको सङ्ख्या आठ हजार ९७३ पुगेको छ । बुधबार साँझसम्म प्रदेशमा एक हजार ५०१ सक्रिय सङ्क्रमित छन् ।

कोभिड–१९ बाट हालसम्म प्रदेशमा २१ जनाको मृत्यु भएको छ । चाडपर्व नजिकिँदै जाँदा पछिल्ला दिनमा बजार क्षेत्रमा किनमेल गर्न आउने सर्वसाधारणको भीड बढ्दै जाँदा कोरोनाको जोखिम थप बढेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  ३ : ३६ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले