ट्रम्पले पेन्सिलभानिया अदालतमा हालेको मुद्दा खारेज | Khabarhub Khabarhub

ट्रम्पले पेन्सिलभानिया अदालतमा हालेको मुद्दा खारेज


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चुनावमा धाँधलीको आरोपसहित पेन्सिलभानिया अदालतमा मुद्दा हालेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेरि अर्को धक्का लागेको छ ।

पेन्सिलभानिया राज्यको अदालतले उनको मुद्दा खारेज गरेको छ । ट्रम्पको निर्वाचन अभियानले हुलाकमार्फत हालिएको लाखौं मत रद्द गर्न माग गर्दै दायर गरेको मुद्दा त्यहाँको अदालतले खारेज गरिदिएको हो ।

बाइडेनले ८० हजार भोटले चुनाव जितेको पेन्सिलभानियामा न्यायाधीश म्याथ्यू ब्रानले ट्रम्पको  मुद्दा खारेज गरेका हुन् ।

ट्रम्प अभियानले चुनावमा धाँधली भएको आरोप लगाइरहे पनि कुनै प्रमाण भने दिन सकेका छैनन् ।

 

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ७ : ५१ बजे

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल_को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार