स्वार्थका कारण नेतृत्वले विवेक गुमाउँदा विवाद तल्लो तहसम्म पुग्यो – शंकर पोखरेल « Khabarhub

स्वार्थका कारण नेतृत्वले विवेक गुमाउँदा विवाद तल्लो तहसम्म पुग्यो – शंकर पोखरेल


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले स्वार्थका कारण नेतृत्वले विवेक गुमाउँदा विवाद तल्लो तहसम्म पुगेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो विचार राख्दै नेता पोखरेलले नेतृत्वले आफ्नो स्वार्थको कारणले विवेक गुमाएपछि पार्टीभित्र समस्या आएको बताएका हुन्।

उनले लेखेका छन्, ‘जब नेतृत्वले स्वार्थको द्वन्द्वमा विवेक गुमाउछ तब माथिदेखि तलसम्म पार्टी र नेतृत्वलाई खुल्याउने र कमजोर बनाउने उपक्रम सुरुहुन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको आन्तरिक स्वार्थको कारणले यतिवेला नेकपा फुटको संघारमा पुगेको छ। नेतृत्वको विवादले गर्दा पछिल्ला समयमा जिल्ला तहसम्म नै त्यसको प्रभाव देखिन थालेको छ।

चितवनमा एक कार्यक्रममा बोल्दै गर्दा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेविरुद्ध भएको नाराबाजीको घटनालाई लिएर मुख्यमन्त्री पोखरेलले नेतृत्वको कमजोरी औल्याएका हुन्।

शनिबार नेता पाण्डेविरुद्ध प्रधानमन्त्री ओली निकट कार्यकर्ताले नाराबाजी गरेका थिए। नेता पाण्डे वरिष्ठ नेता माधवकुमार नेपाल निकट हुन्।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  १२ : ३६ बजे

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा