गण्डकीमा कोरोना संक्रमित घरमै, जोखिम बढ्दो | Khabarhub Khabarhub

गण्डकीमा कोरोना संक्रमित घरमै, जोखिम बढ्दो



पोखरा– गण्डकी प्रदेशमा कोरोना संक्रमण उच्च हुँदै जाँदा संक्रमितहरु घरमै बस्न बाध्य भएका छन् ।

संक्रमितहरुलाई राख्न जिल्ला जिल्लामा बनाइएका आइसोलेशनहरु खाली गरिँदै जाँदा संक्रमितहरु घरमै बस्न बाध्य भएका छन् । प्रदेश राजधानी पोखरा कोरोनाको हटस्पट बन्दै गएको छ ।

पोखरामा आइतबार बिहानसम्म कुल संक्रमित ४ हजार ५ सय १८ हुँदा ७१ जनाको मृत्यु भइसकेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको अध्यावधिक विवरणअनुसार ३ हजार १६ जना होम आइसोलेशनमै छन् ।

सरकारले लक्षण नभएका सामान्य अवस्थाका संक्रमितलाई घरमै सुरक्षित रहन भनेपछि गण्डकी संक्रमितहरु घरमै बस्न बाध्य भएका छन् ।

पोखरापछि सबैभन्दा बढी संक्रमित भएको जिल्लामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) रहेको छ । नवलपरासीपूर्वमा २ हजार १ सय ७५ जना कुल संक्रमितमध्ये १ हजार ७ सय ४३ जना संक्रमणमुक्त भएका छन् ।

नवलपरासीपूर्वमा अहिलेसम्म २६ जनाको मृत्यु भइसकेको छ । पोखराको विवरणमा भने १९ जनाको मात्रै मृत्यु भएको छ ।

प्रदेशका सबै जिल्लामा आइसोलेशनहरु खाली हुँदै गएका छन् । झण्डै ४ सय जनासम्म संक्रमित राखिएको नवलपरासीपूर्व सामुदायिक प्राकृतिक चिकित्सालयमा अहिले ७ जनामात्रै बाँकी छन् । अन्य सबै संक्रमितहरु होम आइसोलेशनमै रहेका छन् ।

तिहारपछि कोरोना संक्रमण उच्च हुँदै गइरहेको छ । संक्रमण दर झनै उच्च भइरहँदा जनजीवन सामान्य बन्दै गएको हुँदा स्थिति अझ जटिल बन्ने स्वास्थ्य कार्यालय नवलपरासीपूर्वका प्रमुख केशव चापागाईँ बताउँछन् ।

प्रदेशको कोरोना संक्रमितको तेस्रो स्थानमा देखिएको तनहुँमा १ हजार १ सय १५ जना संक्रमित मध्ये १७ जनाको मृत्यु भएको छ । जिल्लाको ३ सय ८२ सक्रिय संक्रमितमध्ये २ सय १ जना होम आइसोलेशनमै छन् ।

यस्तै, ६ सय ७० जना संक्रमित रहेको स्याङजामा ११ जनाको मृत्यु भएको छ भने ८१ जना सक्रिय संक्रमित छन् ।

गण्डकी प्रदेशमा ४ हजार ५ सय ८१ जना सक्रिय संक्रमित मध्ये ३ हजार ७ सय ५५ जना होम आइसोशलेशनमा रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्मा बताउँछन् ।

गण्डकी प्रदेशमा १ लाख ३ हजार ६ सय १४ वटा स्वाव परीक्षण गर्दा १० हजार ९ सय ३६ जनामा संक्रमण देखिएको छ । पछिल्लो समय लक्षण भएका विरामीसमेत अस्पताल जान नचाहेको अवस्था छ ।

गण्डकी प्रदेशका सरकारी र निजी गरी १८ वटा अस्पतालमा २ सय ५ वटा आइसीयू र ६२ वटा भेन्टिलेटरको क्षमता रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  १ : ५९ बजे

नागरिक सहभागिता सुनिश्चित गरी कानुन बनाइरहेका छौँ : मन्त्री चौरसिया

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नागरिकको सहभागिता

थामिनसक्नु गर्मीमा काकाकुल वीरगञ्ज, पानी बाँड्दै सेना (तस्बिरहरू)

वीरगञ्ज- मधेश प्रदेश अहिले सुख्खा र खडेरीको चर्को चपेटामा परेको

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं- ताप्लेजुङ र कञ्चनपुरका छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको ज्यान

२० वर्षदेखि विदेशी मुद्राको अवैध सटही : पोखराबाट तीन जना पक्राउ

कास्की- विदेशी विनिमय कारोबारमा अवैध संलग्न रहेको अभियोगमा तीन जनालाई

शिक्षा समितिमा मिडिया काउन्सिल विधेयकमाथि विज्ञसँग छलफल

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले मिडिया