गण्डकीमा कोरोना संक्रमित घरमै, जोखिम बढ्दो « Khabarhub

गण्डकीमा कोरोना संक्रमित घरमै, जोखिम बढ्दो



पोखरा– गण्डकी प्रदेशमा कोरोना संक्रमण उच्च हुँदै जाँदा संक्रमितहरु घरमै बस्न बाध्य भएका छन् ।

संक्रमितहरुलाई राख्न जिल्ला जिल्लामा बनाइएका आइसोलेशनहरु खाली गरिँदै जाँदा संक्रमितहरु घरमै बस्न बाध्य भएका छन् । प्रदेश राजधानी पोखरा कोरोनाको हटस्पट बन्दै गएको छ ।

पोखरामा आइतबार बिहानसम्म कुल संक्रमित ४ हजार ५ सय १८ हुँदा ७१ जनाको मृत्यु भइसकेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको अध्यावधिक विवरणअनुसार ३ हजार १६ जना होम आइसोलेशनमै छन् ।

सरकारले लक्षण नभएका सामान्य अवस्थाका संक्रमितलाई घरमै सुरक्षित रहन भनेपछि गण्डकी संक्रमितहरु घरमै बस्न बाध्य भएका छन् ।

पोखरापछि सबैभन्दा बढी संक्रमित भएको जिल्लामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) रहेको छ । नवलपरासीपूर्वमा २ हजार १ सय ७५ जना कुल संक्रमितमध्ये १ हजार ७ सय ४३ जना संक्रमणमुक्त भएका छन् ।

नवलपरासीपूर्वमा अहिलेसम्म २६ जनाको मृत्यु भइसकेको छ । पोखराको विवरणमा भने १९ जनाको मात्रै मृत्यु भएको छ ।

प्रदेशका सबै जिल्लामा आइसोलेशनहरु खाली हुँदै गएका छन् । झण्डै ४ सय जनासम्म संक्रमित राखिएको नवलपरासीपूर्व सामुदायिक प्राकृतिक चिकित्सालयमा अहिले ७ जनामात्रै बाँकी छन् । अन्य सबै संक्रमितहरु होम आइसोलेशनमै रहेका छन् ।

तिहारपछि कोरोना संक्रमण उच्च हुँदै गइरहेको छ । संक्रमण दर झनै उच्च भइरहँदा जनजीवन सामान्य बन्दै गएको हुँदा स्थिति अझ जटिल बन्ने स्वास्थ्य कार्यालय नवलपरासीपूर्वका प्रमुख केशव चापागाईँ बताउँछन् ।

प्रदेशको कोरोना संक्रमितको तेस्रो स्थानमा देखिएको तनहुँमा १ हजार १ सय १५ जना संक्रमित मध्ये १७ जनाको मृत्यु भएको छ । जिल्लाको ३ सय ८२ सक्रिय संक्रमितमध्ये २ सय १ जना होम आइसोलेशनमै छन् ।

यस्तै, ६ सय ७० जना संक्रमित रहेको स्याङजामा ११ जनाको मृत्यु भएको छ भने ८१ जना सक्रिय संक्रमित छन् ।

गण्डकी प्रदेशमा ४ हजार ५ सय ८१ जना सक्रिय संक्रमित मध्ये ३ हजार ७ सय ५५ जना होम आइसोशलेशनमा रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्मा बताउँछन् ।

गण्डकी प्रदेशमा १ लाख ३ हजार ६ सय १४ वटा स्वाव परीक्षण गर्दा १० हजार ९ सय ३६ जनामा संक्रमण देखिएको छ । पछिल्लो समय लक्षण भएका विरामीसमेत अस्पताल जान नचाहेको अवस्था छ ।

गण्डकी प्रदेशका सरकारी र निजी गरी १८ वटा अस्पतालमा २ सय ५ वटा आइसीयू र ६२ वटा भेन्टिलेटरको क्षमता रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  १ : ५९ बजे

फेलोसिप चिकित्सकलाई नवौँ तह सरहको पारिश्रमिक अनिवार्य

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले फेलोसिप कार्यक्रमअन्तर्गत कार्यरत चिकित्सकहरूको न्यूनतम पारिश्रमिक

वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण

बागमती– पढ्ने उमेर भए पनि मकवानपुरको मनहरी गाउँपालिका–४ वनकरिया बस्तीका

पाक-अफगान द्वन्द्व : मध्यस्थता गर्ने इरानको प्रस्ताव, तनाव नबढाउन चीनदेखि रुससम्मको अपिल

अफगानिस्तान–पाकिस्तान तनाव: चीनसहित विभिन्न देश र संयुक्त राष्ट्रको संयमको अपिल

शस्त्र प्रहरी र भारतीय सुरक्षा बलबीच समन्वायात्मक बैठक

महेन्द्रनगर- सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा

पाँच वर्ष देश बनाउने स्पष्ट भिजनका साथ अगाडि बढेका छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष देश