लागुऔषध प्रकरणमा पक्राउ परेका सिंह दम्पतीलाई १४ दिन थुनामा राख्न अनुमति « Khabarhub

लागुऔषध प्रकरणमा पक्राउ परेका सिंह दम्पतीलाई १४ दिन थुनामा राख्न अनुमति


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- लागुऔषध प्रकरणमा पक्राउ परेका चर्चित भारतीय कमेडियन भारती सिंह र उनका श्रीमान् हर्ष लिंवाचियाला अदालतले १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ ।

भारतीसँगै उनका श्रीमान् हर्ष लिंबाचियालाई लागुऔषध प्रकरणमा शनिबार नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले  पक्राउ गरेको थियो ।

अदालतले दुवैजनालाई आगामी डिसेम्बर ४ सम्मका लागि थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले शनिबार भारतीको घरमा छापमा मार्दा गाँजा बरामद गरेको थियो । उनीहरुले आफूहरुले गाँजा सेवन गर्ने गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

उनीहरुविरुद्ध नार्कोटिक ड्रग्स एण्ड साइकोट्रोपिक सब्स्टेन्सन (एनडीपीएस) कोर्टमा मुद्दा चलाइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ७ : ३८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार