फेसबुकमार्फत १० लाख ठगी गरेको आरोपमा एक पक्राउ « Khabarhub

फेसबुकमार्फत १० लाख ठगी गरेको आरोपमा एक पक्राउ


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार बाजुरा जिल्ला हिमाली गाउँपालिका–४ का २७ वर्षीय रुपचन्द्र पाण्डेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

ब्राजिलमा आफ्नो परिवार गम्भीर बिरामी भएकाले आफूलाई निकै ठूलो समस्या परेको भनी महिलालाई फेसबुकमार्फत साथी बनाई पटकपटक गरी रु दश लाख २८ हजार ७०० ठगी गरेको खुल्न आएको प्रहरी प्रवक्ता अधिकारीले बताए ।

महिलालाई विश्वासमा लिएर तत्काल फिर्ता गर्छु भनी पैसा ठगी गर्ने पाण्डेलाई प्रहरीले बाँकेको नेपालगञ्जबाट पक्राउ गरी ‘आपराधिक विश्वासघात तथा आपराधिक लाभ’ सम्बन्धी कसुरमा स्याङ्जा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको उनको भनाइ छ ।

प्रहरीले पक्राउ परेका युवकलाई अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान शुरु गरेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ९ : २१ बजे

इन्धन सङ्कटले भुटानमा जनजीवन कष्टकर

थिम्फू- पश्चिम एशियामा जारी युद्धको प्रत्यक्ष असर हिमाली राष्ट्र भुटानसम्म

सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले जनताले आफ्नो पार्टीलाई

शिक्षण अस्पतालको बेडमै लिन थालियो ओलीको बयान

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका

साइकल चढेर संसद् गए रास्वपा सांसद गजुरेल  

काठमाडौं– संसद्‍को पहिलो बैठकमा भाग लिन रास्वपाका सांसद आशिष गजुरेल

संसद्को पहिलो बैठकमै एमालेद्वारा सरकारको विरोध, भन्यो, ‘ओली–लेखकलाई तत्काल रिहा गरियोस्

काठमाडौं- नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो बैठक बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद्