अमेरिकन पेस्तोलसहित विप्लव समूहका सेक्सन कमान्डर पक्राउ « Khabarhub

अमेरिकन पेस्तोलसहित विप्लव समूहका सेक्सन कमान्डर पक्राउ


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सेक्सन कमान्डर पेम्बा साङ्गे शेर्पा पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा ताप्लेजुङ फाक्ताङलुङ गाउँपालिका–२ का ३२ वर्षीय शेर्पालाई शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले आज जनाएको छ ।

शेर्पालाई उर्लाबारी–६ रमाइलो टोलका एकान्त कोइराला भन्ने एकबहादुर विश्वकर्माको घरमा बसेको अवस्थामा पक्राउ गरेको हो । शेर्पाको साथबाट अमेरिकन पेस्तोल, त्यसमा लगाउने म्याग्जिन, तीन थान गोली, तीन थान मोबाइल, आठ थान ब्याग र १८ थान ज्याकेटलगायत सामग्री बरामद गरेको सूचना अधिकृत प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।

शेर्पालाई हातहतियार खरखजना ऐनअन्तर्गत मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  १० : २० बजे

इरानले अमेरिकामा हुने विश्वकप फुटबल नखेल्ने

तेहरान- जबर्जस्त युद्ध थोपरिएपछि इरानले अमेरिका, मेक्सिको र क्यानाडामा यही

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा

युद्धले घेरिँदै अमेरिका : इजरायलबाट स्पेनी राजदूत फिर्ता, विद्यालयमा बम आक्रमणको इटालीद्वारा आलोचना

म्याड्रिड- स्पेनले औपचारिक रूपमा इजरायलबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ।

परराष्ट्रले भन्यो- मध्यपूर्वबाट स्वदेश फर्किन चाहनेलाई जसरी पनि उद्धार गर्छौँ

काठमाडौं– परराष्ट्र मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण स्वदेश फर्किन चाहने नेपाली