तपाईंलाई कसैले मन पराएको छ ? यसरी थाहा पाउनुहोस् « Khabarhub

तपाईंलाई कसैले मन पराएको छ ? यसरी थाहा पाउनुहोस्


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

हामी कसैलाई माया गर्छौं, मन पराउँछौ भने हामी उनीहरुबाट पनि मायाको अपेक्षा गर्दछौ । जसलाई आफुले माया गरेको छ उसबाट मायाको अपेक्षा गर्नु स्वभाविक पनि हो । तर, उसले आफूलाई माया गर्छ वा गर्दैन भनेर कसरी जान्ने त ?

प्रेम संसारमा सबैभन्दा मिठो अनुभूति हो । यो लुकेर लुक्न सक्दैन । यस्तोमा पक्कै, जब कसैले कसैलाई माया गर्छ भने त्यसका केही संकेतहरु देखिन्छन् । यस्ता संकेतका आधारमा हामीले सजिलै उसले आफूलाई माया गर्ने नगर्ने बारे थाहा पाउन सक्छौ । आज हामी तिनै संकेतका बारेमा चर्चा गर्नेछौ :

१. यदि कसैले तपाईंलाई मन पराउँछ वा माया गर्छ भने उसले तपाइसंग नजिक वा सामिप्यता खोज्दछ ।

२. जसलाई हामी मन पराउँछ, यदि उ तपाईंसंग बोल्न खोज्छ भने यसलाई उसले तपाईंलाई मन पराउँछ भनेर बुझ्दा हुन्छ । जब कसैसँग भावनात्मक सम्बन्ध प्रगाढ हुँदै जान्छ उ बढि समय बिताउन खोज्छ, यसकालागी नजिक हुनु बोल्न खोज्नु पनि एक हो ।

३. बिभिन्न बहानामा भेट गर्न आइरहने, भेट्दा लामो समय बिताउन खोज्ने, कुनै न कुनै रुपमा निकट रहने प्रयास कसैले गर्छ भने उसले तपाईंलाई माया गर्छ भनेर बुझे हुन्छ ।

४. जब कसैले तपाईंलाई मन पराउँछ, उ हरक्षण सम्पर्कमा रहन खोज्छ । मोवाइल, फोन, फेसबुक लगायतका माध्यममा कुनै न कुनै बहाना गरेर बोल्न चाहन्छ ।

५. यदि कसैले तपाईंको बारेमा बारम्बार निजी चासो राख्दछ, दुखःसुख शेयर गर्छ, सामान्य कुरामा गम्भिर बनेर सुझाव दिन्छ भने उसले तपाईंलाई मन पराउँछ ।

६. जब कसैले चाहन्छ, मन जित्ने अनेक उपायहरु खोजिरहन्छ । यस्तोमा सानातिना कुरामा पनि सहयोग गर्न उ अग्रसर हुन्छ । उ तपाईंलाई समस्या वा चिन्तामा देख्न चाहादैन ।

७. तपाईंको प्रेममा परेको व्यक्ति सँधै तपाईंको ओठमा हाँसो देख्न चाहन्छ । उसको कुरामा तपाईं हाँसिदिनुभयो भने उसलाई त्योभन्दा ठूलो खुशी अर्को केही हुँदैन ।

८. तपाईंसँग प्रेममा परेपछि उसको रुची तपाईंसंग मिल्दछ । मिलेको छैन भने उसले यसलाई बदल्छ । यस्तोमा उ तपाईं झै देखिने प्रयाश गरे उसले तपाईंलाई मन पराउँछ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ११ : ५९ बजे

अनुहार नमिलेपछि जेन-जी सहिदको सालिक अनावरण रोकियो (तस्बिरहरू)

काठमाडौं–  जेन–जी आन्दोलनका सहिदहरूको अनुहारसँग सालिक नमिलेपछि ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल

हर्मुजमा इरान–अमेरिका तनाव चर्कियो, तेलको मूल्य १०० डलरनजिक

एजेन्सी– इरान र अमेरिकाबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२