पश्चिमी वायुको प्रभावले आंशिक वदली, न्यूनतम तापक्रममा  वृद्धि « Khabarhub

पश्चिमी वायुको प्रभावले आंशिक वदली, न्यूनतम तापक्रममा  वृद्धि


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिमी वायुको प्रभावले आज आंशिक बदलीको अवस्था रहेको छ ।

यद्यपि आज पनि तराईका क्षेत्रमा हुस्सु लागेको छ । रातको समयमा बादल लागेकाले मुलुकभरको औसत तापक्रम पनि आज बढेको छ ।

सोमबारको तुलनामा मुलुकभरको औषत तापक्रम १ डिग्री बढेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । आज काठमाडौँको अधिकत तापक्रम १८ देखि २० डिग्रीसम्म रहने अनुमान गरिएको छ । सोमबार काठमाडौँ उपत्यकाको तापक्रम ३.३ डिग्री मापन गरिएको थियो ।

अहिले गण्डकी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहे पनि बाँकी भू-भागको मौसम सफा रहेको छ |

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ८ : २० बजे

पिताको निधनपछि अस्पताल पुगे ओली (तस्बिरहरू)

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री  केपी शर्मा ओलीका पिताको निधनपछि

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

मकवानपुर– हेटौँडा– नारायणगढ  सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक

धुम्म आकाश, बढ्दो प्रदूषणः जनस्वास्थ्यमा गम्भीर असरको चेतावनी

काठमाडौँ – पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु

स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहर रोकियो

त्रिशूली– स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन  रोकिएको

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

मुना– गण्डकी प्रदेशको बेनी–ढोरपाटन हुँदै लुम्बिनी प्रदेशको तकसेरा जोड्ने सडकमा