सम्भावित युद्ध रोक्न चीनको निगरानी | Khabarhub Khabarhub

सम्भावित युद्ध रोक्न चीनको निगरानी



राजदूत बिल मेडेड्नोर्फले आफ्नो नयाँ पुस्तक ‘द ग्रेट नाइटफल : ह्वाई वि मस्ट विन द न्यू कोल्ड वार’ पुस्तकमा एउटा अस्पष्ट तर्क गरेका छन् ।

पुस्तकमा उनले एक सशक्त सैन्य शक्ति विना अमेरिका अहिलेको शक्ति संघर्षको प्रतिस्पर्धात्मक युगमा बाँच्न सक्ने छैन भन्दै त्यसको प्रमुख कारणका रूपमा चीनलाई देखाएका छन् ।

उक्त पुस्तक ‘द ग्रेट नाइटफल’ ले चिनियाँ कम्युनिष्ट पार्टीले निम्त्याएका खतराहरू देखाउने प्रयास गरेको छ । पुस्तकले अमेरिकाका लागि एक शक्तिशाली सैन्य शक्तिको आवश्यकता देखाएको छ, जसले बेइजिङबाट हुने खतरा सामना गर्न सक्षम होस् ।

कुनै देशले जति नै इन्टरनेट ट्रोल बनाओस्, जलवायु परिर्वतन सम्बन्धी वकालत गर्ने नेता जन्माओस्, बैंकमा यथेष्ट पैसा राखेर जति नै लगानी गरोस्, यी सबका बाबजुद देश शक्तिशाली बन्न सक्दैन । शक्ति सम्पन्न देश बन्नका लागि बलियो सैन्य शक्ति हुन आवश्यक हुन्छ ।

मेडेड्नोर्फले आफ्नो सम्पूर्ण जीवन राष्ट्रको सेवामा दिएका छन् । दोस्रो विश्व युद्धताका अमेरिकाको जलसेनामा काम गरेका उनले पछिल्लो समय विभिन्न कूटनीतिक ओहोदामा रहेर जिम्मेवारी पूरा गरे । यसमध्ये पछिल्लो उनको कार्यभार जलसेना विभागको सचिवका रूपमा रहेको थियो ।

शीत युद्धकालमा सोभियत संघको जलसेनालाई स्पष्टरूपमा अमेरिकी जलसेनाले पछि पार्दा उनी अमेरिकी जलसेनाको योजनाकार मध्येका एक थिए । उनी अहिले अमेरिकी जलसेनाको आधुनिकीकरणको प्रमुख योजनाकारका रूपमा कार्यरत छन् । उनी अमेरिकी जलसेना क्षेत्रका लागि हेनेरी किसिन्जर नै हुन् ।

शीत युद्धकाल र हालको महाशक्ति राष्ट्र बन्ने प्रतिस्पर्धामा एउटा समानता के छ भने हाम्रा प्रतिस्पर्धी राष्ट्र युद्ध विना नै विजय हासिल गर्नेचाहना राख्छन् । अर्को शब्दमा भन्नुपर्दा उनीहरू सिधा सैन्य प्रतिस्पर्धा अथवा नोक्सानी विना नै विजय हासिल गर्न चाहन्छन् ।

‘द ग्रेट नाइटफल’ मा मेडेड्नोर्फले महाशक्ति राष्ट्रबीचको शक्ति सघर्ष विनिर्माण गर्ने प्रयास गरेका छन् । कुनै देशले जति नै इन्टरनेट ट्रोल बनाओस्, जलवायु परिर्वतन सम्बन्धी वकालत गर्ने नेता जन्माओस्, बैंकमा यथेष्ट पैसा राखेर जति नै लगानी गरोस्, यी सबका बाबजुद देश शक्तिशाली बन्न सक्दैन । शक्ति सम्पन्न देश बन्नका लागि बलियो सैन्य शक्ति हुन आवश्यक हुन्छ ।

आफ्नो देशको राष्ट्रिय स्वार्थ भौतिकरूपमा बचाउन नसक्ने ठूला देशहरू लुटिन तयार भएर बसेका खुला बैंक सरह हुन् । आफ्नो देशको स्वार्थ रक्षा गर्न सक्ने देशहरूको मात्रै दिगो कूटनीतिक, आर्थिक र राजनीतिक नीति निर्माणका लागि एक आधार तयार भएको हुन्छ । ‘द कोल्ड वार इन्डेड’ मेडेड्नोर्फ ‘द ग्रेट नाइटफल’ मा तर्क गर्छन्, ‘किनकि हामी विश्वकै बलियो सैन्य राष्ट्र थियौँ, जसलाई नाटो र प्यासिफिक क्षेत्रका अन्य सहयोगी राष्ट्रको दह्रो साथ थियो ।’

संक्षेपमा भन्नुपर्दा महाशक्ति राष्ट्रको प्रतिस्पर्धामा शक्ति प्रदर्शन प्रमुख हतियार हो । वर्तमान शक्ति संघर्षको विषयमा आफ्नो राय प्रकट गर्दै मेडेड्नोर्फ ‘समयको परिर्वतन’ भएको विचार राख्छन् । पहिलो शक्ति हुने दौडमा चीनले अमेरिकालाई चुनौती दिइरहेको छ।

शीत युद्धकाल र हालको महाशक्ति राष्ट्र बन्ने प्रतिस्पर्धामा एउटा समानता के छ भने हाम्रा प्रतिस्पर्धी राष्ट्र ‘युद्ध विना नै विजय हासिल गर्ने’ चाहना राख्छन् । अर्को शब्दमा भन्नुपर्दा उनीहरू सिधा सैन्य प्रतिस्पर्धा अथवा नोक्सानी विना नै विजय हासिल गर्न चाहन्छन् ।

विरोधी शक्तिहरू विश्वको स्वतन्त्रता र एकतालाई अप्रत्यक्षरूपमा कम गर्न इच्छा राख्छन् । यो भन्दै गर्दा सैन्य प्रतिस्पर्धाले विशेष गरी चीनको योजनामा महत्वपूर्ण भूमिका खेल्छ । चीनको रणनीति भनेको अन्ततः आफ्नो पर्याप्त सैन्य प्रभुत्व विश्वसामु प्रकट गर्दै बेइजिङ अन्य देशलाई भयभित बनाउन चहान्छ । यसकारण ती देश चीनको इच्छाका अगाडि आफ्नो घुँडा टेक्छन् ।

विश्व शक्तिको दौडमा रहेको चीनको सबैभन्दा ठूलो शक्ति नै उसको जल शक्तिमा निहित छ । जलसेना आधुनिक हिसाबमा बहुआयामिक पनि छ । यो समुद्रको पानीभित्र युद्ध गर्नेदेखि लिएर वायु, अन्तरिक्ष र साइबर संरचनासँग जोडिएर पनि युद्ध गर्ने क्षमता राख्छ ।

फेरि अर्कोतर्फ, यो नयाँ युगको महाशक्ति राष्ट्र बन्ने प्रतिस्पर्धामा नयाँ तरिकाको हातहतियार सम्बन्धी दौड पनि देखिन्छ । र, विशेष गरी शीत युद्धका क्रममा शक्ति राष्ट्रहरूबीच हतियारयुक्त युद्धकै अवस्था आउँछ कि भन्ने चासो थियो । यस्तै दृश्य अहिले पनि देख्न सकिन्छ । यस्ता धेरै अवसर हुन सक्छन् जहाँ शक्ति राष्ट्रहरूबीच हतियारकै युद्ध हुनसक्छ । खासगरी उत्तर कोरिया, दक्षिण चीन सागर लगायतका यस्ता क्षेत्र छन् जहाँ युद्धकै अवस्था आउन सक्छ ।

‘द ग्रेट नाइटफल’ मौलिकरूपमा संयुक्त राज्य अमेरिकाले कसरी आधुनिक संसारमा पारम्परिक र रणनीतिक अवरोध स्थापना गर्न सक्छ भन्ने विषय समेटेको पुस्तक हो । ‘यो युद्धलाई उक्साउने विषयको पुस्तक होइन’, लेखक भन्छन्, ‘युद्धको लागि सबैभन्दा राम्रो तयारी भनेको जितको तयारी हो । हामीले विशेष गरी सैन्य अनुसन्धान, गैरपरम्परागत युद्ध, स्पेस, साइबर वार र आर्टिफिसियल इन्टलिजेन्स लगायतका क्षेत्रमा दिँदै आएको कम वित्तीय सहयोग रोक्नुपर्छ । युद्धको तरिका परिर्वतन भइसकेको छ, जुन हामीले पनि गर्नुपर्छ । हिजोको युद्ध हतियारले आजको युद्ध जित्न सकिँदैन ।’

एकाइसौँ शताब्दीमा अमेरिकालाई सुरक्षित राख्न मेडेड्नोर्फले दुई किसिमका ब्लु प्रिट तयार पारेका छन् । पहिला उनी अमेरिकी सेनाको क्षमता वृद्धि गर्न र त्यसालाई दीर्घकालसम्म राख्न सकिने योजना अघि सार्छन् । यहाँ उनले स्पष्टरूपमा अनुसन्धान र विकासमा जोड दिँदै स्वच्छ र सुरक्षित हिसाबमा आपूर्ति शृंखलालाई निरन्तरता दिँदै पानी जहाज निर्माण जोड दिन्छन् । दोस्रो, उनले भविष्यमा अमेरिकालाई आवश्यक पर्ने जलसेनाको विस्तृत योजना पनि अघि सारेका छन् ।

अमेरिकाको जलसेना र जलसेना विभागको सचिवको हैसियतामा काम गरेकाले मात्रै यी कूटनीतिज्ञले जल शक्तिमा आफ्नो ध्यान केन्द्रित गरेका होइनन् । विश्व शक्तिको दौडमा रहेको चीनको सबैभन्दा ठूलो शक्ति नै उसको जल शक्तिमा निहित छ । जलसेना आधुनिक हिसाबमा बहुआयामिक पनि छ । यो समुद्रको पानीभित्र युद्ध गर्नेदेखि लिएर वायु, अन्तरिक्ष र साइबर संरचनासँग जोडिएर पनि युद्ध गर्ने क्षमता राख्छ ।

‘द ग्रेट नाइटफल’ पुस्तकको उत्कृष्ट योगदान भनेको जलसेनाको शक्ति र त्योसँग सम्बन्धित सम्पूर्ण पक्षको असाधरण रूपमा गहन विश्लेषण गर्नु हो, जो चीनले दिनसक्ने खतराको प्रकृति र त्योसँग जुध्न अपनाउन सकिने तरिकाको विषयमा उल्लेख गरिएको छ ।

अन्त्यमा मेडेड्नोर्फले महाशक्ति राष्ट्रबीचको संघर्षमा सैन्य प्रतिस्पर्धा बुझ्न एक मौलिक पुस्तक लेखेका छन् । अमेरिकाको भविष्य, सुरक्षा र समृद्धिका विषयमा चासो राख्ने जो कोहीले यो पुस्तक नपढ्ने गल्ती गर्नु हुँदैन ।

(सेक्टेम्बर २२ मा द न्याशनल इन्ट्रेस्टमा प्रकाशित जेम्स जे काराफानो को यो लेख हामीले द हेरिटेज फाउन्डेसनको वेबसाइटबाट भावानुवाद गरेका हौँ । काराफानो अमेरिकाको सुरक्षा र विदेश नीतिका चुनौती न्युनीकरण गर्ने विज्ञका रूपमा कार्यरत छन् ।)

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ८ : ३५ बजे

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको