राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारीमा ओली, केन्द्रीय सदस्य पनि थप्दै « Khabarhub

राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारीमा ओली, केन्द्रीय सदस्य पनि थप्दै


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पार्टी फुटाउन पर्याप्त संख्या नपुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेका छन् ।

स्रोतका अनुसार बहुमत देखाएर नेकपाकै दाहाल-नेपाल समूहले आफूलाई केन्द्रीय कमिटीबाट अनुमोदन गरिनुअघि नै निर्वाचन आयोगमा उनीहरूलाई कारबाही गरिएको पत्र पठाइसकेका ओलीले दल फुटाउन सहज हुने अध्यादेश राष्ट्रपतिलाई सिफारिसको तयारी गरेका छन् ।

आजै मन्त्रिपरिषदको आकस्मिक बैठक बसेर दल फुटाउने सहज हुने गरीको अध्यादेश ल्याउने ओलीको तयारी छ । गत वैशाखमा ल्याएको दल फुटाउन सहज हुने गरीको अध्यादेशमा केही परिमार्जनसहित अघि बढाउने उनको तयारी रहेको निकट स्रोत बताउँछ ।

हालको व्यवस्था अनुसार पार्टी विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सदस्य चाहिन्छ । आफ्नो समूहको ४० प्रतिशत नपुग्‍ने भएपछि केन्द्रीय सदस्य थप्दै ४० प्रतिशत पुर्‍याएर आफ्नो पल्ला भारी बनाउने उनको योजना छ ।

ओलीले अहिले बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमार्फत ३०० जना नयाँ केन्द्रीय सदस्य पनि थप्न लागेका छन् । ती सदस्यलाई आजै सपथग्रहणको तयारी पनि ओलीले गरेका छन् ।

हालको नेकपामा पूर्वएमालेबाट २४१ र पूर्वमाओवादीबाट दुई सय गरी ४४१ जना केन्द्रीय कमिटीमा छन् । जसमा पूर्वएमालेभित्र पनि ओली समूहमा १३१ र नेपाल समूहमा ११० छ । पूर्वमाओवादीभित्र भने दाहालको १७८ र रामबहादुर थापाको २२ रहेको छ ।

पछिल्‍लो राजनीतिक घटनाक्रमले थापाका २० जना केन्द्रीय सदस्यले दाहाललाई साथ दिदैँ आएका छन् । यो संख्या हेर्दा दाहाल-नेपाल समूहको दाहाल-नेपाल समूहमा ३०६ केन्द्रीय सदस्य र ओली समूहमा १ सय ३५ मात्र पुग्छ । दाहाल र नेपाल समूहका ७ केन्द्रीय सदस्यहरु आफ्‍नो समूहमा आएको ओली समूहको दाबी छ ।

ओलीलाई प्रधानमन्त्री र अध्यक्षबाट कारबाही गरेपछि रिक्त रहन्छ । बहुमत केन्द्रीय सदस्यहरूले ओलीलाई कारबाही गर्दै माधवकुमार नेपाललाई अध्यक्ष घोषणा गर्ने तयारी छ ।

एकीकरणको ३२ महिनामा विभाजनको औपचारिकतामा प्रवेश गरेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा वैधताको लडाइँ पनि सँगसँगै सुरू भएको छ । ओली समूहले एक नम्बरको अध्यक्ष ओली नै भएक‍ाले पार्टीको नाम, झण्डा र पार्टी कार्यालयमा पनि दाबी गरेका छन् ।

तर, बहुमत सदस्य रहेको दाहाल-नेपाल गुटले ओलीलाई पार्टी कमिटीले नै कारबाही गरेकाले उनको वैधता सकिएको जनाइरहेका छन् ।

गत फागुनमा बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने पार्टी निर्णयलाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले चुनौती दिएपछि सुरू भएको नेकपाको संकट अन्ततः फुटको औपचारिक तहमा पुगेको हो ।

ओली पक्षले सम्झौतामा संकट टार्ने र दाहाल-नेपाल पक्षले ओलीलाई पदच्युत गर्ने परस्पर दाउकाबीच पछिल्ला १० महिना गुज्रिए पनि नेकपामा विभाजन अब अवस्यम्भावी भएको छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  १० : ४० बजे

अदालतले ‘लालीबजार’ रोकेपछि सडकमा उत्रिए कलाकार (तस्बिरहरू)

काठमाडौं- आगामी १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालीबजार’को प्रदर्शन

घरबारविहीनको जिम्मा सरकारले लिन्छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घरबारविहीन नागरिकको

अदालतको फैसलाले फिल्म रोकिएपछि कलाकारको असन्तुष्टि– सेन्सरबोर्डको औचित्य सकिएको हो ?

काठमाडौं – तीन दिनपछि रिलिज र प्रिमियरको तयारीमा रहेको फिल्म

‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना : १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकामा निर्माणाधीन ‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना निर्माण

सरकारी प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर, मुख्य आरोपी गौली पक्राउ, हालसम्म १३ जना हिरासतमा

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सार्वजनिक खरिद अनुगमन