प्रधानमन्त्रीले देशलाई ठूलो सङ्कटबाट जोगाउनुभयो : बिजुक्छे | Khabarhub Khabarhub

प्रधानमन्त्रीले देशलाई ठूलो सङ्कटबाट जोगाउनुभयो : बिजुक्छे


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भङ्ग गरेर देशलाई ठूलो सङ्कटबाट जोगाएको बताएका छन् । उनले प्रधानमन्त्रीले चालेको कदम उपयुक्त र राम्रो भएकाले त्यसको विरोधमा नलागी नयाँ जनादेशमा जानुपर्नेमा जोड दिए ।

वर्तमान राजनीतिक घटनाक्रमका बारेमा कुरा गर्दै उनले भने, “प्रधानमन्त्रीको कदमले देशलाई खतराबाट रोकेको छ, तत्काल देशलाई भड्खालोबाट जोगाएको छ, पार्टी फुटे अर्को बन्ला, देश फुटे के गर्ने ? यतिखेर ओलीले देश फुट्नबाट जोगाउनुभएको छ, तर यो सङ्कट अझै टरेको छैन, आगामी दिनमा अझै खतरा छ, चलखेल अझै हुन्छ, यसतर्फ अब जनता सजग हुनु जरुरी छ ।”

संविधानले परिकल्पना गरेको मान्यता र संविधानभित्रै रहेर प्रधानमन्त्रीले कदम चालेको जिकिर गर्दै पूर्वसांसद बिजुक्छेले संविधानभित्रका केही कमजोरीलाई संशोधन गरेर जानुपर्ने आवश्यकता भने औल्याए ।

प्रधानमन्त्री ओलीले ‘कु’ गरे भन्नु गलत भएको टिप्पणी गर्दै नेता बिजुक्छेले राज्य विद्रोह, सैनिक विद्रोह गराएर सत्ता कब्जा गर्ने खेललाई मात्रै ‘कु’ भन्न मिल्ने तर्क गरे । उनले भने, “प्रधानमन्त्रीले ‘कु’ गर्नुभएको होइन, बरु ‘कु’ असफल चाहिँ पार्नुभएको हो ।”

दुई तिहाइ बहुमत नजीकको सरकारका राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध आफ्नै नेताहरु नै लाग्नु बाह्य चलखेल भएको जिकिर गर्दै उनले यसमा प्रधानमन्त्री ओली निकै सचेत भएको र अझै सचेत हुनु जरुरी रहेको बताए ।

गुमेको नेपाली भूमि नक्शामा समावेश गरी भूमि फर्काउने अडान ओलीले कायम राखेकाले पनि अहिलेको परिस्थिति आएको उनको तर्क छ । उनले नयाँ जनादेशका लागि चुनावमा जानाको विकल्प नभएको जनाउँदै सरकारले तोकिएकै मितिमा निष्पक्ष र धाँधलीरहित चुनाव गराउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  १२ : ४३ बजे

संसद गालीगलौच र भ्रामक बहसमा दौडने मैदान बन्यो : मीन विश्वकर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले संसदलाई मर्यादित, व्यवस्थित, तथ्यपरक

उत्तरी गाजा छाड्न प्लेस्टाइनीलाई इजरायलको चेतावनी

इजरायल – इजरायलले गाजा सहर र जाबालियामा रहेका प्यालेस्टाइनीलाई उक्त

आज संसद दिवस मनाइँदै

काठमाडौं– मुलुकमा पहिलोपटक जननिर्वाचित संसद बैठक बसेको दिनको स्मरणमा सोमबार

पहिरोले गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध

गुल्मी– गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध भएको छ । आइतबार राति

पाँच शिक्षकलाई ‘स्टार टिचर अवार्ड’

ताप्लेजुङ– ताप्लेजुङमा कार्यरत १३ शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक