सडक कालोपत्रले स्थानीय हर्षित « Khabarhub

सडक कालोपत्रले स्थानीय हर्षित


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– लहान नगरपालिकाले पालिकाभित्रका सडक कालोपत्र र ढलान गर्न थालेपछि स्थानीयवासी हर्षित भएका छन् ।

वर्षौदेखि सडक जीर्ण हुँदा हिलो र धुलोका कारण समस्या भोग्दै आएका स्थानीयवासी सडक पक्की भएसँगै हर्षित भएका हुन् ।

नगरपालिका वडा नं १३ र १४ लाई जोड्ने सडकलाई केही दिनअघि नगरपालिकाले कालोपत्रे गरिदिएपछि स्थानीयवासीलाई लहान बजारसम्म पुग्न सहज मात्रै होइन, अब हिलो र धुलोबाट मुक्त भएको अनुभूतिसमेत भइरहेको छ ।

“गाउँबाट लहान बजार पुग्न पहिला साइकलमा एक घण्टा जति समय लाग्थ्यो”, लहान–१३ बस्तीपुरका रामअयोधी यादवले भने, “सडक कालोपत्र भएपछि लहान बजारसम्म पुग्न अहिले मुस्किलले १५ मिनेट लाग्छ ।”

अब धुलो र हिलोबाट समेत मुक्ति पाएको आभाष भइरहेको उनको कथन छ । लहान–१३ बाट लहान बजारसम्मको करिब आठ किलोमिटरको कच्ची सडकलाई चालु आर्थिक वर्षमै कालोपत्र गरिएको नगरपालिकाको योजना शाखाले जनाएको छ ।

नगरपालिकाले ग्रामीण भेग र शहरको दूरीलाई कम गर्दै आवतजावतमा सहजता ल्याउने उद्देश्यले सडक कालोपत्र गरेपछि गाउँमा किसानले उत्पादन गरेको सामान बजारसम्म पुर्याउन सहज भएको स्थानीय कपिलदेव यादवले बताए ।

“पहिला–पहिला सडक जीर्ण हुँदा सवारी साधन त्यति चल्दैनथ्यो, जसका कारण गाउँमा उत्पादन भएको काउली, भाण्टा, मुलालगायतका तरकारी बाली सहजरूपमा बजारसम्म पुर्याउन समस्या हुन्थ्यो”, स्थानीय गोदावरी कृषक समूहका अध्यक्षसमेत रहनुभएका यादवले भने, “तर अहिले सो सडकमा थुप्रै सङ्ख्यामा अटोरिक्साहरू चल्न थालेको छ, जसले गर्दा सहजरूपमै ती बाली बजार पुर्याउन सकिरहेका छौँ ।” यसबाट किसानसमेत उत्साहित भएको उहाँको भनाइ छ ।

नेपालकै सबैभन्दा बढी वडा भएको सो नगरपालिकाले २४वटै वडाका सडकलाई धुलो र हिलोमुक्त बनाउने लक्ष्य लिएको नगरप्रमुख मुनी साहले बताए। उनले कालोपत्र सडक निर्माणलाई शहरी र ग्रामीण क्षेत्रमा सन्तुलितरूपमा अघि बढाएको भन्दै यसमा सबैको साथ पाइरहेको उल्लेख गरे ।

नगरप्रमुख साहका अनुसार नगरपालिका क्षेत्रभित्रका करिब १४ किलोमिटर सडक कालोपत्र भइसकेको छ र बाँकी सडकमा समेत कार्य जारी छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  १ : ५९ बजे

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारी

बागमती– बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले

साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली