अध्यक्ष ओलीको केन्द्रीय समिति विस्तारको निर्णयप्रति प्रचण्डको आपत्ति « Khabarhub

अध्यक्ष ओलीको केन्द्रीय समिति विस्तारको निर्णयप्रति प्रचण्डको आपत्ति


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको केन्द्रीय समिति विस्तार गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन् ।

१ तिहाई केन्द्रीय सदस्य भएको बैठकले झण्डै २ तिहाई सदस्य संख्या थप्नु स्वीकार्य हुन नसक्ने प्रचण्डले बताएका छन् ।

बालुवाटारमा बसेको ओली निकटको केन्द्रीय समिति बैठकले एकता महाधिवेशनका लागि भन्दै ११ सय ९९ जना सदस्य रहने केन्द्रीय कमिटी गठन गरेको थियो ।

यसअघि रहेको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीले २ वर्ष भित्र एकता महाधिवेशन सम्पन्न गर्नुपर्ने अभिभारा पाए पनि काम गर्न नसककोले सदस्यको संख्या विस्तार ओली पक्षको तर्क छ ।

जसमा हाललाई १ हजार ३ सदस्यीय बनाइएको छ भने बाँकी संख्या क्रमशः थपिनेछ ।

प्रचण्डले ओलीले बोलाएको बैठक अवैधानिक रहेको समेत बताएका छन् । बहुमत केन्द्री सदस्यहरु आफ्नो भेलामा सहभागी भएको भन्दै उनले संविधान, नियम कानुन अनुसार आफूहरुले बोलाएको बैठक नै बैधानिक भएको जिकिर गरे ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ४ : ५३ बजे

राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

बालेन बार्दियामा : सम्पर्क कार्यालयमा पुगेर बजाए घण्टी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कार्बनकपी दुर्गेश, चोरेरै स्वाग देखाउन सक्ने !

काठमाडौं – बाग्लुङको ग्रामीण गाउँबाट उठेर स्टार कलाकार बन्न दुर्गेश

४५ वर्षदेखि भाँडाको भारी बोकेर घुम्ती व्यापार

म्याग्दी– सिन्धुपाल्चोकका ६० वर्षीय फूलबहादुर तामाङ २०३७ देखि भाँडाको भारी

कर्णालीमा नसर्ने रोगबाट बालबालिका प्रभावित बन्दै 

सुर्खेत– कर्णालीमा पछिल्ला वर्षमा बालबालिका तथा किशोरकिशोरी नसर्ने रोगबाट प्रभावित