पार्टी अध्यक्षबाट ओलीलाई हटाउने दाहाल-नेपाल समूहको निर्णय « Khabarhub

पार्टी अध्यक्षबाट ओलीलाई हटाउने दाहाल-नेपाल समूहको निर्णय


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकले दुई तिहाईले केन्द्रीय अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएको घोषणा गरेको छ ।

बबरमहलमा जारी बैठकमा नेता भीम रावलले राखेको ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेको हो । बैठकमा ३१५ जना केन्द्रीय सदस्य उपस्थित रहेको जनाइएको छ ।

राष्ट्र हितविपरीत तथा पार्टी हितविपरीत काम गरेको, अध्यादेश, संसद विघटन, पार्टी निर्णय पटक-पटक उलंघन गरेको लगायतका आरोप प्रस्तावमा लगाइएको छ ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही स्वरुप अध्यक्ष पदबाट हटाइएको बताए ।

केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले ओली सच्चिएर आए फेरि पनि पार्टीमा स्वागत गर्न तयार रहेको बताए ।

बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपी ओलीले राष्ट्र, जनता, पार्टीलाई घात भयो भनेर आउनुभयो भने हामी उहाँलाई स्वागत गर्छौं । गल्ती भयो, मैले गल्ती गरेँ, म पश्चाताप गरेर आउन तयार छु भनेर आउनुभयो भने म अहिले पनि स्वागत गर्न तयार छु ।’

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि पुस ५ गतेकै पार्टी स्थायी समिति बैठकले उनलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो । सोही प्रस्तावमाथिको छलफलपछि उनलाई अध्यक्षबाट हटाउने निर्णय भएको हो ।

बैठकले अध्यक्ष परिवर्तनसहित ६ वटा एजेन्डा प्रस्तुत गरेको थियो ।  पछिल्लो राजनीतिक र पार्टीको परिस्थितिबारे जानकारी गराउने एजेन्डालाई पहिलो सूचीमा राखिएको थिय।

जसअनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालले बैठकमा आफ्ना धारणा राखेका छन् ।

त्यसैगरी दोस्रोमा अनुशासनको कारबाही राखिएको थियो । जसअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरी अध्यक्ष पदबाट हटाउने स्थायी समितिको निर्णयलाई केन्द्रीय समितिबाट अनुमोदनका लागि प्रस्ताव गरिएको थियो ।

तेस्रो एजेन्डाअनुसार सोही बैठकमा माधव नेपाललाई रिक्त अध्यक्ष पदमा निर्वाचित गरेको घोषणा गर्ने एजेन्डा तय भएको थियो ।

त्यसैगरी चौथो र पाँचौ एजेन्डामा क्रमशः कार्यक्रम तथा कार्ययोजना र विरोध तथा संघर्ष पारित गरिनेछ। विविध एजेन्डा अन्तर्गत कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य नियुक्त गर्ने प्रस्ताव अनुमोदन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ५ : १५ बजे

ओलीबारे रास्वपाका पुरुषोत्तमको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले पूर्व प्रधानमन्त्री

बालेन सरकारको अर्थनीति कांग्रेसी विरासतले हाँक्ने

काठमाडौं– नेपालको राजनीतिमा ‘जेनजी’ पुस्ताको आन्दोलन र फागुन २१ गतेको

विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौं– ३८ औं संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

काठमाडौं– पशुपतिनाथ क्षेत्रमा भेटिएका एक फ्रान्सेली नागरिकलाई प्रहरीले अध्यागमन विभागमा

स्वास्थ्य बीमामा १० वर्ष : विस्तारसँगै दिगोपन र नवीकरणमा चुनौती 

काठमाडौं– नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको एक दशक पूरा