ईयूले फाइजर–बायोएनटेकद्वारा निर्मित खोप प्रयोग गर्ने | Khabarhub Khabarhub

ईयूले फाइजर–बायोएनटेकद्वारा निर्मित खोप प्रयोग गर्ने


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युरोपेली संघ (ईयू) को औषधि सम्बन्धी नियामक निकायले सो समूहमा आबद्ध २७ राष्ट्रमा फाइजर–बायोएनटेकले बनाएको कोभिड–१९ विरुद्धको खोप प्रयोग गर्न सिफारिस गरेको छ ।

‘युरोपियन मेडिसिन्स एजेन्सी’ (ईएमए) ले संयुक्त राज्य अमेरिका र बेलायतमा प्रयोगमा आइसकेको फाइजर–बायोएनटेकद्वारा निर्मित खोप ईयूका ४४ करोड ६० लाख बासिन्दामा प्रयोग गर्न सशर्त सिफारिस गरेको केही घण्टाभित्र नै युरोपेली आयोगले त्यसलाई औपचारिक रूपमा अनुमोदन गरेको छ ।

ईएमएकी कार्यकारी निर्देशक इमा कुकले भने, “धेरैका लागि पीडा र कठिनाइ निम्त्याएको कोरोनाभाइरस महामारी विरुद्धको लडाइँमा खोपको प्रयोग आवश्यक भएको र यसका लागि फाइजर–बायोएनटेकद्वारा निर्मित खोपलाई प्रयोग गर्न सिफारिस गरिएको छ । यो एउटा महत्वपूर्ण खुड्किलो हो ।”

उनले थपे, “हाम्रो बृहत् मूल्याङ्कनको अर्थ हामी ईयूका नागरिकहरूलाई यो खोपको सुरक्षा र प्रभावकारिताबारे ढुक्क भएर आश्वस्त तुल्याउन सक्छौँ र खोपले आवश्यक मापदण्डहरू पनि पूरा गरेको छ । यद्यपि हामीले हाम्रो कामलाई यहीँ रोक्नेछैनौँ । ईयूमा यो खोप लिने मानिसहरूको सुरक्षाका लागि हामीले खोपको सुरक्षा र प्रभावकारितासम्बन्धी विवरणहरू सङ्कलन तथा तिनको विश्लेषण गर्ने काम हामीले गरिरहनेछौँ ।”

खोपको प्रयोगका लागि स्वीकृति पाएसँगै ईयूका केही सदस्य राष्ट्रहरूमा अर्को आइतवारदेखि फाइजर–बायोएनटेकले बनाएको खोप वितरण गर्ने सम्बन्धित मुलुकका सरकारी अधिकारीले बताएका छन् । यसका लागि जर्मनीले थुप्रै खोप केन्द्रहरू खडा गरिसकेको र शुरूमा जोखिममा रहेका नागरिकलाई आइतवार खोपको पहिलो मात्रा दिने अपेक्षा गरिएको छ । खोप विकास गरेको कम्पनी र विज्ञहरूका अनुसार कोरोनाभाइरस विरुद्धको यो खोपको दुई मात्रा लिनुपर्छ । पहिलो मात्रा लिएपछि रोगप्रतिरोधी क्षमता विकास हुन शुरू हुन्छ तर दोस्रो मात्रा दिइएको सात दिनपछि मात्र त्यसले पूर्ण प्रभाव देखाउछ ।

ईयूका सदस्य राष्ट्रहरूमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमित तीन लाख ११ हजार व्यक्तिको मृत्यु भइसकेको छ । क्रिसमस र नयाँ वर्ष २०२१ को बिदाका बेला हुने मानिसहरूको जमघटलाई लिएर सङ्क्रमण थप फैलिन सक्ने त्रास बढेको भन्दै यूरोपका अधिकांश मुलुकले नियन्त्रणका उपायहरूलाई पुनः सक्रिय बनाइएको छ । जर्मनी र नेदरल्यान्ड्सलगायतका मुलुकले आंशिक लकडाउन नै गरिसकेका छन् ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ८ : १७ बजे

पहिलो पुस्ताका नेता बिदा नभएसम्म पार्टी एकताको अर्थ छैन : घनश्याम भुसाल

काठमाडाैं – नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने विषयमा

११ दिनदेखि बेपत्ता सुनार मृत भेटिए

हुम्ला– हुम्लाको सिमकोट गाउँपालिका–३ बरगाउँका ५३ वर्षीय पर्वसिंह सुनार मृत

नवलपरासीमा बेमौसमी वर्षाले धान, तोरी र आलुमा क्षति

नवलपरासी – पश्चिम नवलपरासीमा मङ्गलबारदेखि परेको बेमौसमी वर्षाले धान, तोरी,

‘अत्यावश्यकबाहेक मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्नू’

मुग्लिन (चितवन)– अविरल वर्षासँगै पहिरोको उच्च जोखिम बढेपछि नारायाण्ढ–मुग्लिन र

जेनजीले कुरा बुझ्न थाले म खुसी छुः प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूको बुझाइमा आकाश-जमिन परिवर्तन आएको बताएकी