ए डिभिजन लिगमा आज थ्रीस्टार क्लब र हिमालयन शेर्पा तथा एपीएफ र जावलाखेल भिड्दै « Khabarhub

ए डिभिजन लिगमा आज थ्रीस्टार क्लब र हिमालयन शेर्पा तथा एपीएफ र जावलाखेल भिड्दै


९ माघ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् ।

दशरथ रंगशालामा पहिलो खेल थ्रीस्टार क्लब र हिमालयन शेर्पाले खेल्नेछन् भने दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र जावलाखेल क्लबले प्रतिस्पर्धा गर्नेछ ।

पहिलो खेल मध्यान्न १२ बजे शुरु हुनेछ भने दोस्रो खेल दिउँसो ३ बजे रंगशालामै हुनेछ ।

११ अंकसहित पाँचौ स्थानमा रहेको थ्रीस्टार क्लब हिमालयन शेर्पालाई पराजित गर्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा छ ।

थ्रीस्टार भन्दा माथि आर्मी क्लब र मछिन्द्र १६ अंकसहित लिगको शीर्ष पहिलो र दोस्रो स्थानमा छन् भने मनाङ मस्र्याङ्दी क्लब १३ अंकसहित तेस्रो स्थानमा छ भने समान ११ अंक रहेको न्युरोड टिम एनआरटी चौथो स्थानमा छ ।

थ्रीस्टारको प्रतिद्वन्दी शेर्पा क्लब भने ७ अंकसहित ११ औं स्थानमा छ । अहिलेसम्म शेर्पाले मात्रै १ खेल जीतेको छ ।

यता, दिउँसो हुने खेलमा ९ अंकसहित आठौं स्थानमा रहेको जालाखेल युवा क्लब एपीएफलाई पराजित गर्दै अंक तालिकामा सुधार गर्ने योजनामा छ । जावलाखेलको सामना गर्न लागेको एपीएफ लिगमा दोस्रो जितको खोजिमा छ ।

उसले अहिलेसम्म मात्रै १ जीत २ बराबरी र ४ खेलमा हार व्येहोरेको छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहिबार  ८ : ०० बजे

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल

गण्डकी– कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर

११७ वर्षमा पनि जीवनप्रति उत्तिकै उत्साह

एजेन्सी– अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध