ए डिभिजन लिगमा आज थ्रीस्टार क्लब र हिमालयन शेर्पा तथा एपीएफ र जावलाखेल भिड्दै « Khabarhub

ए डिभिजन लिगमा आज थ्रीस्टार क्लब र हिमालयन शेर्पा तथा एपीएफ र जावलाखेल भिड्दै


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् ।

दशरथ रंगशालामा पहिलो खेल थ्रीस्टार क्लब र हिमालयन शेर्पाले खेल्नेछन् भने दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र जावलाखेल क्लबले प्रतिस्पर्धा गर्नेछ ।

पहिलो खेल मध्यान्न १२ बजे शुरु हुनेछ भने दोस्रो खेल दिउँसो ३ बजे रंगशालामै हुनेछ ।

११ अंकसहित पाँचौ स्थानमा रहेको थ्रीस्टार क्लब हिमालयन शेर्पालाई पराजित गर्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा छ ।

थ्रीस्टार भन्दा माथि आर्मी क्लब र मछिन्द्र १६ अंकसहित लिगको शीर्ष पहिलो र दोस्रो स्थानमा छन् भने मनाङ मस्र्याङ्दी क्लब १३ अंकसहित तेस्रो स्थानमा छ भने समान ११ अंक रहेको न्युरोड टिम एनआरटी चौथो स्थानमा छ ।

थ्रीस्टारको प्रतिद्वन्दी शेर्पा क्लब भने ७ अंकसहित ११ औं स्थानमा छ । अहिलेसम्म शेर्पाले मात्रै १ खेल जीतेको छ ।

यता, दिउँसो हुने खेलमा ९ अंकसहित आठौं स्थानमा रहेको जालाखेल युवा क्लब एपीएफलाई पराजित गर्दै अंक तालिकामा सुधार गर्ने योजनामा छ । जावलाखेलको सामना गर्न लागेको एपीएफ लिगमा दोस्रो जितको खोजिमा छ ।

उसले अहिलेसम्म मात्रै १ जीत २ बराबरी र ४ खेलमा हार व्येहोरेको छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ८ : ०० बजे

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण