अलास्का राज्यको तटीय ग्रामीण क्षेत्र टोक्सूकबाट अमेरिकाको जनगणना शुरु « Khabarhub

अलास्का राज्यको तटीय ग्रामीण क्षेत्र टोक्सूकबाट अमेरिकाको जनगणना शुरु


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकामा हरेक १० वर्षमा हुँदै आएको जनगणना शुरु भएको छ । जनगणना २०२० को शुरुवात अलास्का राज्यको तटीय ग्रामीण क्षेत्र टोक्सूक बेबाट जनगणना शुरु भएको हो ।

अमेरिकी जनगणना व्यूरोका प्रमुख स्टिभन डिलिङ्घमले टोक्सूक बेका आदिबासी नेता ९० वर्षका लिजी चिमिएक नेन्गुरिअरलाई भेटेर जनगणनाको औपचारिक शुरुवात गरेका हुन् ।

हेरक १० वर्षमा हुने जनगणना अन्तर्गत अधिकांश क्षेत्रमा मार्चको मध्यमा गणना हुनेछ । तर अलास्कामा भने चाँडै नै गणना शुरु हुन्छ । जनवरीमा अलास्कामा हिउँ जमेर मानिस हिँड्न मिल्ने भएका हुन्छ, त्यसैले यहि बेला गणना गरिन्छ ।

अलास्काको ठूलो शहर एनकोरएजबाट ८०० किलोमिटर पश्चिममा रहेको टोक्सूक बे अति ग्रामीण क्षेत्र हो । सन् २०१० मा भएको जनगणनामा टोक्सूक बेको जनसंख्या ५९० थियो । जनसंख्या ब्युरोले सन् २०१७ मा त्यहाँको जनसंख्या ६६१ पुगेको अनुमान गरेको थियो ।

टोक्सूक बे जहिले पनि जनगणनाको पहिलो क्षेत्र भने रहेको छैन । सन् २०१० मा अलास्काको उत्तर–पश्चिमी तटीय क्षेत्र नूर्विकबाट जनगणना शुरु गरेको थियो । यस्तै सन् २००० मा अनलाक्लीटबाट जनगणना शुरु भएको थियो ।

अमेरिकाका अधिकांश क्षेत्रमा मध्य मार्चमा हुने गणनाका लागि अहिले गणकहरु चयनको प्रक्रिया जारी छ । यो पटकको जनगणनाका लागि तीन लाखदेखि पाँचलाख गणक प्रयोग हुने अनुमान छ । त्यसका लागि १८ लाखले निवेदन दिएका छन् ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ८ : ०७ बजे

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ

तामाकोसी किनारमा युवती र बालक मृत फेला

काठमाडौँ– दोलखाको भीमेश्वर नगरपालिका-५ स्थित तामाकोसी नदी किनारमा एक युवती