प्रजातान्त्रिक अभ्यासमा नेपालको अवस्था सुधार « Khabarhub

प्रजातान्त्रिक अभ्यासमा नेपालको अवस्था सुधार


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रजातान्त्रिक अभ्यास सूचाकांकमा नेपालको स्थिति सुधार भएको छ ।

बेलायतबाट प्रकाशित प्रशिद्ध अन्तर्राष्ट्रिय पत्रिका ‘द इकोनोमिष्ट’ले वार्षिक रुपमा सार्वजनिक गर्दै आएको डेमोक्रेसी इंडेक्समा नेपालको प्रजातान्त्रिक अभ्यास सुधारिएको जनाइएको हो ।

१ सय ६५ वटा मुलुकलाई समेटेर द इकोनोमिक ग्रुपको रिसर्च विभाग द इन्टिलिजेन्स युनिटले गरेको अनुसन्धानमा नेपालले सन् २०१८ को तुलनामा ५ स्थान सुधार गर्दै ९२ औं स्थानमा उक्लिएको हो । सन् २०१८ मा नेपाल ९७ औं स्थानमा थियो ।

नेकपाको सरकार आगामी चुनावअघिसम्म रहने, चीन र भारतसँगको सम्बन्ध सन्तुलित हुँदै जानु जस्ता कारणले स्थिति सुधार भएको जनाइएको छ । रिपोर्ट अनुसार सन् २०१९/२०२० मा वास्तविक कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धि ७ प्रतिशत औसत रहने पनि अनुमान गरिएको छ । जसले निजी खपत र निश्चित लगानीबाट सफल हुने अपेक्षा सहित स्थितिमा सुधार आएको उल्लेख गरिएको छ ।

रिपोर्ट अनुसार नर्वे प्रजातान्त्रिक अभ्यास गर्ने मुलुकहरुको सूचिमा शीर्ष स्थानमा छ । आइसल्याण्ड दोस्रो स्थानमा रहँदा अमेरिका भने २५ औं स्थानमा छ । छिमेकी मुलुक भारत ५१ औं स्थानमा छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ९ : ४० बजे

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५