दीपक मनाङेविरुद्ध अभद्र व्यवहारको मुद्दा, पक्राउ पूर्जीका लागि प्रशासनमा निवेदन « Khabarhub

दीपक मनाङेविरुद्ध अभद्र व्यवहारको मुद्दा, पक्राउ पूर्जीका लागि प्रशासनमा निवेदन


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशसभा सदस्य (सांसद) राजीव गुरुङ (दीपक मनाङे)विरुद्ध कास्की प्रहरीले अभद्र व्यवहारको कसुरमा मुद्दा प्रक्रिया अगाडि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीका अनुसार मनाङेविरुद्ध पक्राउ पूर्जी जारीका लागि जिल्ला प्रशासन कार्यालय कास्कीमा निवेदन दिइएको छ ।

‘अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष (मिलन गुरुङ)को नामबाट दायर भएको उजुरीका आधारमा हामीले मुद्दा प्रक्रिया अगाडि बढाएको छौं,’ जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी केसीले भने, ‘अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउनका लागि नियन्त्रणमा लिनपर्ने भएकाले पक्राउ पूर्जीका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छौं । पक्राउ पूर्जी जारी भएपछि पक्राउ गर्छौं ।’

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष गुरुङले आफूमाथि कुटपिट गरेको भन्दै मनाङेविरुद्ध उजुरी दिएका छन् ।

पोखरामा जारी मुख्यमन्त्री कप (फुटबल) प्रतियोगिताको उद्घाटन कार्यक्रममै मनाङले गुरुङमाथि हातपात गरेका थिए ।

मनाङेबाट कुटिएको गुरुङले बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  २ : ५६ बजे

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको

मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

काठमाडौँ – सरकारले बाढीपहिरोका कारण अतिप्रभावित भएका बागलुङका दुई स्थानीय

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी 

काठमाडौं– मन्त्रिपरिषद्को बैठक जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को