रोहितको उत्कृष्ट ब्याटिङमा क्यान–११ विजयी « Khabarhub

रोहितको उत्कृष्ट ब्याटिङमा क्यान–११ विजयी


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एकदिवसीय मैत्रीपूर्ण खेलमा क्यान प्रेसिडेन्ट–११ ले मलेसिया–११ लाई ५ विकेटले पराजित गरेको छ ।

पोखरा रंगशालामा भएको खेलमा मलेसियाले दिएको १ सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको क्यान–११ ले २३.५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो ।

क्यान–११ को जितमा रोहित कुमार पौडेलले अर्धशतकीय इनिङ्स खेले । उनले ४ छक्का र ८ चौकाको मद्दतमा ८१ रन बनाए । यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले २८ रन जोड्दा लोकेश बमले २६ रन बनाए ।

क्यान ११ विरुद्ध मलेसियाका विजय उनिले २ विकेट लिएका थिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ४३ ओभरमा ४ बलमा सबै विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । मलेसियाका लागि भुसन सेभले सर्वाधिक ३० रन बनाए भने सेभेन्द्र मोगनले २८, शर्भिन मुनियाण्डिले २२, मोहमद अरिफले १७, शेद अजिजले १५ र विजय उन्नीले १३ रन बनाएका थिए ।

मलेसियालाई सस्तैमा रोक्न क्यान ११ का अविनास बोहराले ३ विकेट लिए । यस्तै ललित राजबंशी र कुशल मल्लले समान २–२ विकेट हात पार्दा किशोर महतो र कमल सिंह ऐरीले समान १–१ विकेट लिए ।

यस अघि सोमबार भएका दुवै खेलमा क्यान ११ ले जीत हात पारेको थियो । पोखरामा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिका र ओमानसँगको त्रिकोणात्मक शृङ्खलाका लागि नेपली टोली अहिले पोखरामा अभ्यास गरिरहेको छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ५ : ४७ बजे

सर्वोच्चमा कांग्रेस विवाद : आधिकारिकता रिटमाथि न्यायाधीश शर्मा पोखरेलको इजलासमा सुनुवाइ हुँदै

काठमाडौँ – विशेष महाधिवेशनपछि कांग्रेस विवादको विषयमा परेको रिटको सुनुवाइ

रवि लामिछानेमाथिको संगठित अपराध मुद्दा फिर्ताविरुद्धको पेसी सुवेदी र पोखरेलको इजालसमा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको

युनेस्कोको विश्व सम्पदा सूचीमा रहेका इरानका ऐतिहासिक स्थलमा बमबारी, १५ मजदुरको मृत्यु

तेहरान – इरानको केन्द्रीय सहर इस्फाहानस्थित एक औद्योगिक क्षेत्रमा शनिबार