जातीय संहार रोक्न म्यानमारलाई राष्ट्रसंघीय उच्च अदालतको आदेश « Khabarhub

जातीय संहार रोक्न म्यानमारलाई राष्ट्रसंघीय उच्च अदालतको आदेश


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राष्ट्रसंघको उच्च अदालतले जातिय संहार तत्काल रोक्न म्यानमारलाई आदेश दिएको छ ।

बौद्ध देशको अल्पसंख्यक रोहिङ्ग्या मुस्लीम समुदायमाथि भएको ज्यादती तत्काल रोक्न अदालतले बिहीबार आदेश दिएको राष्ट्रसंघीय अधिकारीले जनाएका छन् ।

सन् २०१७ देखि म्यानमारमा भएको रोहिंङ्ग्या विरुद्धको हिंसाको बारेमा राष्ट्रसंघको उच्च अदालतले पहिलो पटक आदेश दिएको हो ।

सरकारी पक्षले गरेको हिंसाका कारण झण्डै सात लाख ४० हजार रोहिङ्ग्या समुदायका बासिन्दा विस्थापित भएर छिमेकी मुलुक बङ्लादेश पुगेका छन् ।

हेगस्थित अन्तर्राष्ट्रिय अदालतले म्यानमारमा भएको घटनालाई गम्भीर रूपमा लिइएको पनि जनाएको छ ।

विषेश गरेर गाम्बीयाको नेतृत्वमा रहेको मुस्लीम अफ्रिकी देशहरूले सन् १९४८ मा बनाएको जातीय संहारसम्वन्धी घोषणापत्रलाई आधार मानेर अन्तराष्ट्रिय अदालतले आदेश दिएको हो ।

इजलासको अध्यक्षता गरेका न्यायाधीश अब्दुलक्वावी महमद युसुफले घोषणापत्र अनुसारका सवै व्यवस्था म्यानमारले कार्यान्वयन गर्नै पर्ने बताए ।

पीडित समुदायका मारिएका व्यक्तिहरू, घाइते तथा अन्य शारीरिक पिडामा परेकाहरूको बारेमा पनि अदालतले चिन्ता जनाएको छ ।

उनले भने, ‘यस बारेमा अदालतको धारणा यस्तो छ की म्यानमारमा रोहिङ्ग्या समुदायका व्यक्तिहरुमाथि अति नै धेरै आघात हुने काम भएको छ।’

अदालतले उनीहरुमाथि भएको व्यवहारका बारेमा सुरुमा अहिले चार महिनाभित्रमा र त्यसपछि हरेक छ महिनामा प्रतिवेदन पेश गर्न पनि म्यानमारलाई आदेश दिएको छ ।

घटनाका बारेमा अदालतमा उजुरी दिएको गाम्बियाले अल्पत्र परेर रोकिएको यससम्वन्धी मुद्दाको बारेमा छानविन गर्न पनि माग गरेको छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ९ : ४८ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन