बार्सिलोनाको जितमा मेसीले गरे चार गोल  « Khabarhub

बार्सिलोनाको जितमा मेसीले गरे चार गोल 


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत शनिवार राति भएको खेलमा आइबरविरुद्ध बार्सिलोनाले शानदार जित हात पारेको छ ।

कप्तान लिओनल मेसीले चार गोल गरेपछि साविक विजेता बार्सिलोना आइबरविरुद्ध ५-० गोल अन्तरले विजयी भएको हो ।

पहिलो हाफमा ह्याट्रिक गरेका कप्तान मेसीले दोस्रो हाफमा थप एक गोल गरेका थिए । अर्को गोल आर्थर मेलोले गरे ।

जितपछि बार्सिलोना रियल मड्रिडलाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ । २५ खेलबाट बार्सिलोनाको ५५ अंक हुँदा एक खेल कम खेलेको रियलको ५३ अंक छ ।

घरेलु मैदान नोउक्याम्पमा भएको खेलमा मेसीले २६ मिनेटमा ह्याट्रिक गरे । खेलको १४ औं मिनेटमा पहिलो गोल गरेका मेसीले ३७औं मिनेटमा अग्रता दोब्बर पारे । त्यसको तीन मिनेटपछि नै गोल गर्दै मेसीले ह्याट्रिक पूरा गरे ।

दोस्रो हाफमा बार्सिलोनाले दुई गोल गर्दा मेसीले एक गोल थपे । ८७औं मिनेटमा मेसीले चौथो गोल गर्दा बार्सिलोनाले पनि ४-० को अग्रता बनायो । ८९ औं मिनेटमा आर्थरले गोल गरेपछि बार्सिलोनाले फराकिलो जित हात पारेको हो ।

पराजित आइबर भने २४ अंकसहित अंकतालिकामा १६औं स्थानमा छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ६ : ०५ बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट