कुखुरा फार्ममा आगलागी, १० लाखको क्षति « Khabarhub

कुखुरा फार्ममा आगलागी, १० लाखको क्षति


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको कुखुरा फार्ममा आगलागी हुँदा १० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।

स्थानीयवासी किष्ना भण्डारीले सञ्चालन गरेको फार्ममा शनिबार विद्युत् सर्ट भएर आगलागी हुँदा बेच्ने तयारी अवस्थाका चार हजार कुखुरा र तीन हजार चल्ला जलेर नष्ट भएको हुन् ।

‘कमाइ खाने सहारा फार्म थियो’ भण्डारीले भने, ‘जलेपछि निकै ठूलो घाटा व्यहोर्नुपरेको छ, पुनः फार्म सञ्चालन गर्ने पूँजी छैन, परिवारको खर्च केले चलाउने भन्ने पिरलो छ ।’

आगो स्थानीय बासिन्दा, दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा  लिइएको थियो ।

भण्डारीले सात वर्षदेखि कुखुरा व्यवसाय गर्दै आएका थिए । नगरप्रमुख दिलबहादुर ऐर लगायतका जनप्रतिनिधिले फार्मको अनुगमन गरी क्षतिपूर्तिका लागि पहल गर्ने अश्वासन दिएका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ९ : २४ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६