गुगलमा खोज्नै नहुने यस्ता कुरा « Khabarhub

गुगलमा खोज्नै नहुने यस्ता कुरा


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिजोआज सानोतिनो समस्या र नयाँ कुराको खोजी हुनेवित्तिकै गुगलमा त्यसबारे खोजी गर्ने क्रम बढ्दो छ ।

तर गुगुलमा खोज्नै नहुने त्यस्ता तीन कुरा छन् जसले तपाई हाम्रो जीवन निराशामा पुर्‍याउनेदेखि पछुतो हुने अवस्थासम्म सृजना गर्न सक्छ ।

१. स्वास्थ्यबारे  

तपाईंको स्वास्थ्य ठीक छैन । त्यसका केही लक्षण छन् । र, ती लक्षणको आधारमा आफूलाई के भएको हो भनेर जान्ने कौतुहलताका साथ गुगलमा खोज्न थाल्दा समस्या आउँन सक्छ ।

यदि गुगलमा तपाईंले ती लक्षणबारे लेख्नुभयो भने गुगलले ज्यान लिने बिमारी नै भनिदिने सम्भावनालाई पनि नकार्न सकिन्न । यसले बिनासित्तीमा आफैंलाई तनाव सृजना हुन्छ ।

यसर्थ स्वास्थ्यका बिषयमा गुगललाई हैन डाक्टलाई सोध्नु नै हितकर हुन्छ ।

२. बम बनाउने तरिका

गुगलमा बिर्सेर पनि बम बनाउने तरिकाबारे सर्च नगर्नोस् ।

जब तपाईं बम बनाउने तरिका या यससँग कुनै प्रश्न गुगलमा टाइप गर्नुहुन्छ, त्यतिबेला गुगलले तपाईंको आइपी एड्रेस सुरक्षा एजेन्जीलाई पठाउँछ ।

ततपश्चात तपाई प्रहरीको फन्दामा पर्नुहुन्छ । बेकारमा पछुतो हुने काम नगरेकै राम्रो ।

३. आत्महत्या गर्ने तरिका

यदि आत्महत्या गर्ने तरिकाबारे पनि तपाईं गुगल गर्नुहन्छ भने, गुगलले तपाईंलाई एक हेल्पलाइन नम्बर दिनेछ ।

उक्त नम्बरमा तपाईंले कल गर्नुहुन्छ, जुन एक काउन्सुलरसँग कनेक्ट हुन्छ । उसले तपाईंलाई सम्झाउने कोसिस गर्छ ।

यस्तै, तपाईंलाई दिएको हेल्पलाइन नम्बरप्रति बेवास्ता गर्दै अन्य नतिजामा जानुहुन्छ भने त्यहाँ कुनै त्यस्तो लेख भेटिने छैन, जसले तपाईंलाई आत्महत्या गर्न सिकाओस् ।

तर, केही जानी भेटिइहाल्यो भने पनि तपाईंलाई आत्महत्या गर्ने तरिकाबारेभन्दा पनि यस्तो नगर्ने सुझाव दिइएको हुनेछ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  १० : ०५ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको