धुर्मुसको फिल्म ‘सेन्टी भाइरस’ ले २ दिनमै कमायो यति करोड ! « Khabarhub

धुर्मुसको फिल्म ‘सेन्टी भाइरस’ ले २ दिनमै कमायो यति करोड !


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (कुञ्जना घिमिरे) को फिल्म ‘सेन्टी भाइरस’ ले बक्स अफिसमा आक्रामक व्यापार गर्न सफल भएको छ । शिवरात्रिको अवसर पारेर विदाको दिन रिलिज भएको यो फिल्मले पहिलो दिन नै उत्साहजनक व्यापार गरेको थियो ।

रामबाबु गुरुङ निर्देशित यो फिल्मले पहिलो दिन १ करोड १२ लाख ग्रस कलेक्सन गरेको बताइएको छ । निर्माण टिमको दाबीअनुसार फिल्मले शुक्रवारको दिन यति कमाइ गरेको हो ।

शुक्रवार र शनिवार राजधानीका सिङ्गल थिएटरमा दर्शकको चाप थियो । फिल्म हेर्न दर्शक ओइरिएका थिए ।

फिल्मको शनिवारको व्यापार भने अझै बढी छ । विदाको दिन परेकाले पनि फिल्मले शनिवार आक्रामक व्यापार गरेको छ । निर्माण टिमको आँकडा अनुसार फिल्मले दोस्रो दिन १ करोड ३५ लाख कमाइ गरेको छ ।

फिल्मकै लागि भने सीताराम कट्टेल गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालास्थल, चितवनबाट काठमाडौं आएका छन् । शुक्रवार र शनिवारको आक्रामक भिडले धुर्मुस पनि हौसिएका छन् ।

दयाहाङ राई, विल्सन विक्रम राई, कुञ्जना घिमिरे, सीताराम कट्टेल लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्म हास्य विधामा निर्माण भएको हो । फिल्मले समीक्षा भने राम्रो पाउन सकेको छैन ।

फिल्मलाई डिन्डु लामा ह्योल्मोले निर्माण गरेका हुन् भने कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ११ : २४ बजे

देवघाटमा माघे सङ्क्रान्ति मेलाको तयारी पूरा

तनहुँ – माघेसङ्क्रान्तिको अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा

अब चीनमा एआई मोडलबाट शेयर बजारको भविष्यवाणी र विश्लेषण

पेइचिङ – चीनले पहिलोपटक कृत्रिम बौद्धिकता (एआई) मोडल सार्वजनिक गरेको

सिन्धुलीमा बैंक लुटपाट : कर्मचारीलाई बाँधेर गार्डको हात काटियो, स्थानीयले भेटे बोरामा पैसा

काठमाडौं – सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटिएको छ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : विशेष महाधिवेशन पक्षको बहिष्कार

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बिहान बस्दैछ।

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ